आइजोल, 29 मई (हि.स.)। मणिपुरको चुराचाँदपुर जिल्लामा आज भोर बिहान मध्यम तीव्रताको भुइँचाको झट्का महसूस गरियो।
जानकारी अनुसार भोर बिहान 04:11:28 बजे भुइँचालोको झटका महसूस गरियो। रिक्टर स्केलमा यसको तीव्रता 3.7 मापन गरियो। भुइँचालोको कारणले कहीँ-कतै कुनै प्रकारको क्षति भएको खबर प्राप्त भएको छैन।
नेशनल सेन्टर फर सीस्मोलजी अनुसार भुइंँचालोको केन्द्र भारत-म्यान्मारको सीमावर्ती जिल्ला चुराचाँदपुरमा धरतीको 25 किलोमीटरभित्र अवस्थित थियो। भुइँचालोको एपीक सेन्टर 24.37 उत्तरी अक्षांश तथा 93.78 पूर्वी देशान्तरमा अवस्थित थियो।
उल्लेखनीय छ, गए बुधवार राती लगभग 11 बजे अरूणाचल प्रदेशको चंगलांग जिल्लामा पनि 3.3 तीव्रताको भुइँचालो महसूस गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा