माँ कामाख्याको दरबारमा आकाश अम्बानीले गरे विशेष पूजा-अर्चना
माँ कामाख्याको दरबारमा आकाश अम्बानीले गरे विशेष पूजा-अर्चना


- 25 वटा बाख्रा र 24 जोड़ी परेवा चढ़ाए

गुवाहाटी, 29 मई (हि.स.)। रिलायन्स इण्डस्ट्रीजका मुख्य संचालक मुकेश अम्बानीका जेठो छोरो आकाश अम्बानीले बिहीवार असमको प्रसिद्ध तान्त्रिक शक्तिपीठ माँ कामाख्या मन्दिरमा विशेष पूजा-अर्चना गरे।

माँ कामाख्याको कृपा प्राप्त गर्ने भावनाले आकाश अम्बानीले मन्दिर प्रांगणमा 25 वटा बाख्रा र 24 जोड़ी परेवा चढ़ाएर आफ्नो श्रद्धा व्यक्त गरे। यस भेंटलाई तान्त्रिक परम्परा तथा कामाख्या सिद्धि अनुरूप मानिन्छ जसमा भक्तहरूले पशु-पंक्षीहरूको बलि वा मुक्त गरेर तिनीहरूलाई देवीप्रति अर्पण गर्दछन्।

बिहान विशेष पूजा-पाठको प्रक्रिया वैदिक तथा तान्त्रिक विधिबाट सम्पन्न भयो। यस अवधि मन्दिर प्रशासनद्वारा सुरक्षा तथा गोपनीतालाई विशेष ध्यान दिइएको थियो।

सूत्र अनुसार आकाश अम्बानीले यस यात्रालाई पूर्ण रूपले आध्यात्मिक अनि निजी मानेर गुवाहाटी आइपुगेका थिए। यस अवधि उनले सार्वजनिक रूपमा कुनै पनि बयान दिएनन्।

माँ कामाख्या मन्दिरमा राजनेता, उद्यमी तथा फिल्मी हस्तिहरूको प्रायजसो आगमन भइरहने भए पनि आकाश अम्बानीको यो यात्राले विशेष चर्चा बटुल्यो, किनभने उनले पारम्रिक आस्थासँगसँगै पशु-पंक्षी समर्पण गर्ने प्रक्रिा पनि पूर्ण श्रद्धापूर्वक निर्वाह गरे।

मन्दिरका एकजना पुजारीले बताए, आकाश अम्बानीद्वारा दिइएको यो पूजा कामना पूर्ति अनि शक्ति उपासनासित जोड़िएको छ जसले माँ कामाख्याको भक्तहरूमाझ अत्यन्त महत्व राख्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande