असम क्याबिनेटको फसेलाबाट खुशी छन् अर्जुन भगेश्वर बरूवा
असम क्याबिनेटको फसेलाबाट खुशी छन् अर्जुन भगेश्वर बरूवा


शिवसागर (असम), 29 मई (हि.स.)। असम सरकारको क्याबिनेटले सड़कदेखि लिएर खेलसम्म केही महत्वपूर्ण निर्णयहरूको बीचमा एउटा ऐतिहासिक फसेला गरेको छ। सरकारले घोषणा गरेको छ, सरूसजाई स्टेडियमको नाम अब अर्जुन भगेश्वर बरूआ स्पोर्ट्स कमप्लेक्स राखिनेछ।

अर्जुन अवर्डबाट सम्मानित औ पूर्वोत्तर भारतका पहिलो एशियन गेम्स स्वर्ण पदक विजेता भोगेश्वर बरुवा यस फसेलादेखि अत्यन्त हर्षित छन्। 1966 सालको ब्यांकक एशियन गेम्समा स्वर्ण पदक जितेर उनले भारतलाई मात्र नभएर विशेष गरेर पूर्वोत्तरलाई गौरवान्वित तुल्याएका थिए।

शिवसागरस्थित आफ्नो निवासमा स्वास्थ्य कारणहरूले विश्राम गरिरहेका भोगेश्वरले यसमाथि प्रतिक्रिया व्यक्त गर्दै भने, म खुशी छु कि मेरो नाममा स्टेडियमको नाम राखियो, तर नाम मात्र राखेर केही हुनेवाला छैन। स्टेडिमको सही प्रयोग हुनुपर्छ र नयाँ पिँढ़ीका खेलाड़ीहरू तयार हुनुपर्छ। यसको सही रूपमा हेरचाह अनि संचालन होस्, यसको लागि म सरकारसित बातचित गर्नेछु।।

पूर्वोत्तरको यस गौरव, शिवसागरका सपूत औ देशकै खेल जगतका प्रेरणास्रोत अर्जुन भोगेश्वर बरुवाको नाममा स्टेडियमको नाम राख्नाले खेल प्रेमीहरूमा पनि उत्साह देखिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande