अलिपुरद्वार, 29 मई (हि. स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बंगालमा कदम राख्नसाथ विवाद शुरू भयो। वास्तवमा उनको अलिपुरद्वार भ्रमणको सम्मानमा शहरभरि टाँसिएका पोस्टरहरूमा विधायक सुमन काञ्जीलालको नाम पनि अंकित छ। पोस्टरहरूमा उनको नाम अंकित रहेकोले राजनीतिक खैलाबैला शुरू भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगाल दौड़ाह 'अपरेशन सिन्दूर'- को सफलतापछि भइरहेको छ। अर्कोतिर 26औं विधानसभा चुनाउलाई मध्यनजर गर्दै राजनीतिक जगतमा मान्यता छ, यो उत्तर बंगालका मानिसहरूको मनमा स्थान बनाउने कोशिष हो। तर प्रधानमन्त्रीको सभाको विज्ञापनमा पार्टी परिवर्तन गर्ने विधायक सुन काञ्जीलालको नाम किन?
उल्लेखनीय छ, सुमन काञ्जीलालले वर्ष 2021- को विधानसभा चुनाउमा अलिपुरद्वारबाट भाजपा उम्मेद्वारको रूपमा जीत हासिल गरेका थिए। जितेको दुई वर्षपछि उनी अभिषेक ब्यनर्जीको हात समातेर वर्ष 2023-मा तृणमूल कंग्रेसमा सामेल भए। त्यसैले आगामी वर्ष 2026-को विधानसभा चुनाउपूर्व प्रधानमन्त्रीको बंगाल भ्रमणको विज्ञापनमा विधायकको नाम अंकित भएकोमा चर्चा शुरू भएको छ।
अलिपुरद्वार जिल्ला भाजपा अध्यक्षले भने, प्रधानमन्त्रीको बैठकमा जनप्रतिनिधिको रूपमा सुमन काञ्जीलाललाई आमन्त्रण गरिएको छ। पार्टी परिवर्तन गर्ने विधायक सुमन काञ्जीलालले यस मुद्दामा कुनै प्रतिक्रिया दिएका छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा