कोलकातामा जीरो एफआईआरको आधारमा शुरू भयो सामूहिक दुष्कर्मको मामिला
कोलकातामा जीरो एफआईआरको आधारमा शुरू भयो सामूहिक दुष्कर्मको मामिला


कोलकाता, 29 मई (हि. स.)। कोलकाताको हेस्टिंग्स थानामा एकजना युवतीसित भएको तीन वर्ष पुरानो सामूहिक दुष्कर्मको मामिलामा अब कारबाही शुरू भएको छ। यस मामिलामा पुलिसले जीरो एफआईआरको आधारमा मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ। पीड़ित हरियाणाको मुरथल निवासी (19) वर्षीय युवती हो। तीन वर्ष अगाड़ि पीड़िता नाबालिक थिई। आरोप छ, वर्ष 2022-को अगस्त महिनामा उसलाई कोलकातामा ल्याएर दुष्कर्म गरियो।

पीड़िता अनुसार उसलाई उच्च शिक्षा दिलाउने बहानामा फकाएर कोलकाता ल्याइएको थियो। यो योजना उसकी दिदीका ससुराली पक्षका केही मानिसहरूले बनाएका थिए। तर कोलकाता आएपछि उ हेस्टिंग्स थाना क्षेत्रको एउटा घरमा फसी जहाँ उसित उसको भेना र भनेका भाइले कथित रूपमा मादक पदार्थ पिलाएर दुष्कर्म गरे। पीड़िताले यो पनि आरोप लगाई, उसले घटनाबारे आफ्नो परिवारलाई बताउने चेष्टा गरे उसको भाइलाई नोक्सान पुऱ्याउने धम्की दियो। त्यसपछि उसित ब्ल्याकमेल गरेर केही दिनसम्म फेरि यौन उत्पीड़न गऱ्यो।

युवतीले बताई, उसकी दिदी स्वयं पनि घरेलु हिंसाको शिकार भएकी थिई। पछि उसलाई त्यस घरबाट निकालियो। तीन वर्षपछि पीड़िताले सम्पूर्ण मामिलाको विस्तृत जानकारी हरियाणामा दिई जसको आधारमा गत 8 मईमा मुरथल पुलिसले जीरो एफआईार दर्ता गरी कोलकाता पुलिसलाई पठायो। त्यसपछि हेस्टिंग्स थानाले जीरो एफआईआर दर्ता गरी जाँच शुरू गरेको छ। घटना हुँदा पीड़िता नाबालिक रहेको कारणले मामिला पोक्सो कानून अन्तर्गतै दर्ता गरिएको छ।

कोलकाता पुलिस अनुसार जाँचको शुरुआत भइसकेको छ र पीड़िताको बयान दर्ता गरिनेछ। यो पनि बुझ्ने प्रयास गरिनेछ कति यतिका वर्षसम्म उ मौन किन बस्यो, उसलाई कुन प्रकारको अवरोध र दबावको सामना गर्नुपऱ्यो। यस मामिलाको जानकारी चाइल्ड वेलफेयर कमिटी (सीडब्ल्यूसी)-लाई पनि दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande