प्रधानमन्त्री मोदीको बंगाल भ्रमणलाई राज्यपालले बताए ‘गौरवको दिन’, विकास कार्यहरूको गरे सराहना
प्रधानमन्त्री मोदीको बंगाल भ्रमणलाई राज्यपालले बताए ‘गौरवको दिन’, विकास कार्यहरूको गरे सराहना


कोलकाता, 29 मई (हि.स.) । पश्चिम बंगालका राज्यपाल सी. वी. आनन्द बोसले बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य यात्रालाई “बंगालको लागि उत्सवको एक गौरवपूर्ण दिन” बताए। प्रधानमन्त्रीले अलिपुरद्वार र कुचबिहार जिल्लामा 1010 करोड़ रुपियाँको ग्यास डिस्ट्रीब्युशन (सीजीडी) परियोजनाको आधारशिला राखे।

राज्यपालले भने, प्रधानमन्त्री मोदीले सम्पूर्ण देशको समग्र विकासको लागि अथक प्रयास गरिरहेका छन् जसमा बंगाललाई विशेष महत्व दिरहेका छन्। उनले भने, “विकासको सन्दर्भमा प्रधानमन्त्रीले लगातार सम्पूर्ण देशको प्रगतिको लागि काम गरिरहेका छन्, विशेष रूपमा बंगालमाथि उनको ध्यान उल्लेखनीय छ।”

राज्यपाल बोसले प्रधानमन्त्रीको यस यात्रालाई प्रतीकात्मक रूपमा पनि महत्वपूर्ण बताए, किनभने यो यस्तो समयमा भइरहेको छ जतिबेला भारतीय सेनाद्वारा हालैमा सफलतापूर्विक संचालित ‘अपरेशन सिन्दूर’ -को देशभरिनै सराहना भइरहेको छ।

स्मरण गराइन्छ, राज्यपाल सी वी आनन्द बोसले पहिला पनि केन्द्रिय योजना तथा प्रधानमन्त्री मोदीका नीतिहरूको समर्थनमा सार्वजनिक बयान दिँदै आइरहेका छन्। उनको यो टिप्पणी यस्तो सममा आएको छ जतिबेला राज्यको राजनीतिमा लगातार विवाद अनि आरोप-प्रत्यारोपको सिलसिला जारी छ।

प्रधानमन्त्रीको यो यात्रालाई ग्यास परियोजना जस्तो बुनियादी ढाँचाको विकासलाई गति दिनको लागि मात्र महत्वपूर्ण मानिएको छैन जबकि राजनीतिक रूपमा पनि यसलाई आगामी चुनाउको कारणले महत्वपूर्ण संकेतको रूपमा देखिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande