कोलकाता, 29 मई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुरबाट कोभिड संक्रमणको पहिलो मामिला सामु आएको छ। संक्रमणित व्यक्ति इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलजी (आईआईटी) खड़गपुरका एक 26 वर्षीय शोधार्थी हुन्।
स्वास्थ्य विभाग र संस्थानको सूत्र अनुसार गत मंगलवार अर्थात 27 मईको दिन शोधार्थीमा कोरोनाको लक्षण देखिएपछि त्यसको नमूना लिइएको थियो। बुधवार ऱ्यापिड एन्जीटेन टेस्टमा रिपोर्ट पोजिटिभ आयो जसपश्चात उसलाई आईआईटी खड़गपुरको बीसी राय अस्पतालमा भर्ती गरियो। ।
बिहीवार संस्थानद्वारा यसको पुष्टि गरिएको छ। भनिन्छ, छात्र एक्लै होस्टेल रूमममा बसिरहेका थिए, त्यसैले अन्य विद्यार्थीहरूको लागि डराउने आवश्यकता छैन। आईआईटी प्रशासनले भनेको छ, यदि अन्य कुनै छात्रमा लक्षण देखिए उनीहरूको पनि परीक्षण गरिनेछ।
स्वास्थ्य विभाग अनुसार संक्रमित शोधार्थी मईको पहिलो सप्ताहमा आफ्नो शोधकार्यको सिलसिलामा बीरभूम जिल्लामा गएका थिए। त्यहाँबाट फर्किएपछि तिनलाई रूखा-खोकी-ज्वरो- गन्ध नआउने जस्ता लक्षणहरू देखियो। यद्यपि तिनले कोभिडको दुवै भ्याक्सिन पहिला नै लगाइसकेका थिए। हाल उसको स्थिति स्थिर छ र उसलाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।
जिल्लाका मुख्य स्वास्थ्य अधिकारी डा. सौम्यशंकर सारंगीले बताए, हामीलाई आईआईटी खड़गपुरका एकजना शोधार्थीलाई कोभिड संक्रमित भएको रिपोर्ट प्राप्त भएको छ। शोधार्थीमा सामान्य लक्षहरू जस्तै स्वाद नआउनु, ज्वरो-खोकी तथा गन्ध नआउने आदि देखिएको छ। यदि लक्षण सामान्य छ र व्यक्तिले भ्याक्सिन लगाएका छन् भने डराउने आवश्यकता छैन। उनले आम मानिसहरूलाई फेरि मास्क लगाउने अनि सामाजिक दूरीलाई कायम राख्ने सल्लाह दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा