वित्त वर्ष 2025-26मा सबैभन्दा द्रूत गतिमा बढ़्दो प्रमुख अर्थव्यवस्थाको रूपमा कायम रहनेछ भारतः आरबीआई
वित्त वर्ष 2025-26मा सबैभन्दा द्रूत गतिमा बढ़्दो प्रमुख अर्थव्यवस्थाको रूपमा कायम रहनेछ भारतः आरबीआई


नयाँ दिल्ली/मुम्बई, 29 मई (हि.स)। देश चालू वित्त वर्ष 2025-26 मा दुनियाँको सबैभन्दा द्रूत गतिमा बढ़्ने प्रमुख अर्थव्यवस्था भइरहेको छ। भारतीय अर्थव्यवस्थालाई खपतमा वृद्धि, ब्यांक एवं कर्पोरेट्सको स्वस्थ ब्यालेन्स शीटबाट मद्दत मिल्नेछ। रिजर्भ ब्यांक अफ इण्डिया (आरबीआई)-ले जारी आफ्नो वार्षिक रिपोर्टमा उक्त कुरा उल्लेख गरेको छ।

आरबीआईले बिहीवार जारी आफ्नो वार्षिक रिपोर्टमा भनेको छ, भारतीय अर्थव्यवस्था आफ्नो मजबुत वृहत आर्थिक बुनियादी ढाँचा, मजबुत वित्तीय क्षेत्र औ दिगो विकासप्रति प्रतिबद्धताको लाभ उठाएर वित्त वर्ष 205-6मा सबैभन्दा तीव्र गतिमा बढ़्ने प्रमुख अर्थव्यवस्था बनिरहनेछ।

रिजर्भ ब्यांकको वार्षिक रिपोर्ट मुताविक यो स्थिति त्यसबेला सृजना भएको छ जतिबेला वैश्विक वित्तीय बजारमा अस्थिरता, भू-राजनीतिक तनाउ, व्यापार विखण्डन, आपूर्ति श्रृंखलामा व्यवधान औ जलवायु-प्रेरित अनिश्चितताहरू विकासको दृष्टिकोणको लागि नकारात्मक जोखिम औ मुद्रास्फीतिको दृष्टिकोणको लागि सकारात्मक जोखिम उत्पन्न गरिरहेको छ। केन्द्रिय ब्यांक अनुसार व्यय पक्षमा उपभोग माग तथा शुद्ध निर्यातमा सुधार र आपूर्ति पक्षमा सेवा क्षेत्रको तीव्रता अनि कृषि उत्पादनमा सुधारबाट भारतको आर्थिक गतिविधिलाई बल प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande