ममताको कड़ा प्रत्याक्रमणः मुर्शिदाबाट-मालदाको अशान्तिको पछाड़ि भाजपा रहेको प्रमाण छ
ममताको कड़ा प्रत्याक्रमणः मुर्शिदाबाट-मालदाको अशान्तिको पछाड़ि भाजपा रहेको प्रमाण छ


कोलकाता, 29 मई (हि. स.)। हालैमा मुर्शिदाबाद तथा मालदामा भएको हिंसालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले जुन चिन्ता व्यक्त गरेका छन्, त्यसलाई लिएर मुख्यमन्त्री ममता ब्यनर्जीले चर्को प्रतिक्रिया व्यक्त गर्दै आरोप लगाइन्, यस घटनाको पछाड़ि भाजपा नै जिम्मेवार छ।

मुख्यमन्त्रीले नवान्नमा मीडिया समक्ष भनिन्, मुर्शिदाबाद-मालदा हिंसा भाजपाको कारणले भएको हो। यदि आवश्यक पऱ्यो भने हामीसित यसको स्पष्ट प्रमाण पनि छ। उनले अझ स्पष्ट पारिन्, बंगाल सरकार मानवीय मूल्यहरूमाथि आधारित छ भने भाजपाले विभाजनको राजनीति गरिरहेको छ।

मुख्यमन्त्री ममताले आरोप लगाइन्, राज्यमा भइरहेको हिंसा अनि अशान्तिको मूल कारण भाजपाको नीति हो जसले सामुदायिक सौहार्दको सट्टामा घृणा अनि विभाजनलाई जन्म दिएको छ। मुख्यमन्त्रीले बल दिँदै भनिन्, बंगालको सामाजिक स्थिति विश्वमा सर्वश्रेष्ठ छ र यसमाथि आफूलाई गर्व छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande