गुड़िरहेको ट्रेनबाट झरेर आँप व्यापारीको मृत्यु
गुड़िरहेको ट्रेनबाट झरेर आँप व्यापारीको मृत्यु


नदिया, 29 मई (हि. स.)। जिल्लाको कल्याणी रेलवे फाटक संख्या- 42 नजिकै बिहीवार बिहान गुड़िरहेको ट्रेनबाट झरेर एकजना आँप व्यापारीको मृत्यु भयो।

प्रत्यक्षदर्शीहरूको दाबी छ, आँपले भरिएको थैला लिकमा झऱ्यो जसलाई सम्हाल्ने चेष्टा गर्दा-गर्दै व्यापारी रेलको लिकमा झरे। यत्तिकैमा आएको ट्रेनको चपेटमा परी व्यापारीको मृत्यु भयो।

स्थानीय तथा रेलवे पुलिस सूत्र अनुसार मृत आँप व्यापारीको नाम वृन्दावन मण्डल (37) हो जो कल्याणी थाना अन्तर्गत सगुना ग्राम पञ्चायत अधिनस्थ डेंगुरपाड़ाका निवासी थिए भने उनले रेलवे गेट नम्बर- 42 संलग्न क्षेत्रमा आँप बेच्थ्यो।

प्राप्त जानकारी अनुसार सदा झैं बिहीवार बिहान पनि आँप व्यापारीले चाकदहदेखि आँप खरिद गरेर बिहान 5:58 बजे कृष्णानगर लोकल ट्रेनबाट कल्याणी फर्किरहेका थिए। बिहान लगभग 6:15 बजे ट्रेन कल्याणी रेलवे फाटक संख्या- 42 लाई पार गरिरहेको बेला अचानक आँपले भरिएको एउटा ठूलो थैला रेलवे ट्र्याकमा झऱ्यो। त्यसलाई सम्हाल्दा-सम्हाल्दै व्यापारी पनि झरेर ट्रेनको चपेटमा परे जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो।

शव लामो समयसम्म रेलवे ट्र्याकमै रह्यो। खबर पाउनसाथ रेलवे अधिकारी अनि कर्मचारीहरू घटनास्थलमा पुगे। शवलाई पोस्टमर्टम गर्नको लागि कल्याणीदेखि शान्तिपुर लोकल ट्रेनबाट रानाघाट रेलवे अस्पताल लगियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande