मन्त्री कपिल मिश्राले ‘विकसित कृषि संकल्प अभियान’- को गरे शुभारम्भ
मन्त्री कपिल मिश्राले ‘विकसित कृषि संकल्प अभियान’- को गरे शुभारम्भ


-दिल्लीका 50 वटा स्थानहरूमा विशेष संवाद क्याम्प आयोजना गरिने

नयाँ दिल्ली, 29 मई (हि.स.)। दिल्लीका कृषि एवं विकास तथा पर्यटन मन्त्री कपिल मिश्राले बिहीवार दरियापुर गाउँमा विकसित कृषि संकल्प अभियानको शुभारम्भ गरे। यस अवसरमा उनले भने, यस अभियान अन्तर्गत दिल्लीका 50 वटा स्थानहरूमा विशेष संवाद क्याम्प आयोजना गरिनेछ जहाँ कृषि वैज्ञानिक अनि कृषकहरूमाझ सोझो कुराकानी हुनेछ।

मन्त्री कपिल मिश्राले बताए, अभियान अन्तर्गत वैज्ञानिकहरूले किसानहरूलाई आधुनिक कृषि तकनिकीको बारेमा मात्र जानारी दिने छैनन् जबकि उनीहरूको अनुभव र नवाचारको दस्तावेजीकरण पनि ग रिनेछ। यसबाट किसानहरू लाभान्वित मात्र हुने छैनन् जबकि भविष्यका कृषि नीतिहरूमा पनि उनीहरूको योगदान सुनिश्चित गर्न सकिनेछ। उनले खादको कालोबजारी गर्नेहरूलाई कड़ा चेताउनी दिँदै भने, स्ता मानिसहरूमाथि कड़ा कारबाही गरिनेछ।

मन्त्रीले बताए, यो अभियान केन्द्र सरकारद्वारा देशभरि नै संचालन गगरिँदैछ जसको उद्देश्य 1.5 कृषकहरूसम्म सोझो सम्वाद स्थापना गर्नु हो। यसमा 7 सयभन्दा अधिक जिल्लाहरूमा 2 हजारभन्दा अधिक वैज्ञानिकहरूको दलले भाग लिनेछन्। यस सम्वादको माध्यमबाट किसानहरूलाई नयाँ तकनिकहरूसित परिचित गराइनेछ अनि उनीहरूको सुझाउलाई संकलन गरी अग्रिम नीतिहरूमा सामेल गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande