बनगाउँ थानामा भीड़ले गऱ्यो हमला, आरोपीलाई मानसिक विक्षिप्त बताइएकोमा उठ्यो प्रश्न
बनगाउँ थानामा भीड़ले गऱ्यो हमला, आरोपीलाई मानसिक विक्षिप्त बताइएकोमा उठ्यो प्रश्न


कोलकाता, 29 मई (हि.स.) । बनगाउँ पुलिस थाना त्यसबेला हो-हल्लाको केन्द्र बन्यो जतिबेला गए बुधवार राती भीड़ले त्यहाँ धावा बोल्यो। भीड़को उद्देश्य थियो आरोपीलाई मुक्त गराउने जसमाथि चारजना मानिसहरूलाई चक्कुले प्रहार गरेको आरोप छ।

दाबी गरिएकाे छ, हमलाकारी एकजना मुस्लिन हो जसले चक्कु प्रहार गरी अन्य समुदायका चारजना मानिसहरूको हत्या गर्ने चेष्टा गऱ्यो।यस सम्पूर्ण घटनाक्रममा पुलिसले दिएको प्रतिक्रिया सबैभन्दा आश्चर्यचकित छ। घटना घटेको तत्कालै पुलिसले आरोपीलाई 'मानसिक रूपमा अस्थिर' बतायो।

यस मामिलामा भारतीय जनता पार्टी (भाजपा) नेता अमित मालवीयले प्रश्न उठाउँद ट्वीट गरेका छन्-बंगाल पुलिसले अब एउटा नयाँ उपाय अप्नाउन शुरू गरेको छ- मामिला तातिनसाथ आरोपीलाई 'मानसिक विक्षिप्त' बताइन्छ। उनले प्रश्न गरे, यदि आरोपी वास्तवमै मानसिक रूपमा अस्थिर थियो भने भीड़ले थानामा हमला गरेर उसलाई मुक्त गराउने प्रयास किन गरिरहेको छ?

मालवीय अनुसार यो प्रतिक्रिया हतारमा दिइएको जस्तै देखिँदैछ। यसबाट यो सन्देह पनि उत्पन्न हुन्छ कि पुलिसले कुनै गहिराईसित सम्बन्धित मामिलालाई लुकाउने चेष्टा त गरिरहेको छैन? उनले आरोप लगाए, यसप्रकारको प्रवृत्तिले बंगाल पुलिसको विश्वसनीयतामाथि गम्भीर प्रश्न चिन्ह तेर्साउँछ।

पुलिसले अहिलेसम्म यस सिलसिलामा कुनै विस्तृत जानकारी दिएको छैन। बंगाल पुलिसदवारा ट्वीट गरेर यति मात्र बताइएको छ, चक्कुले प्रहार गर्ने व्यक्ति मानसिक रूपमा विक्षिप्त छ। उसलाई मुक्त गराउनको लागि हमला गर्नेहरूमध्ये दशजनालाई पक्राउ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande