गुवाहाटी 29 मई (हि.स.)। गुवाहाटीको आमबारी फटासील पुलिसले मोबाइल चोरीको मामिलामा सामेल एकजना आरोपीलाई चोरी गरिएको मोबाइलसितै पक्राउ गरेको छ। पुलिसले बिहीवार बतायो, भीभो मोबाइल ह्याण्डसेट हराएको सिकायतको आधारमा आमबारी फटासील पुलिसले छापा माऱ्यो अनि गुडलु दास नामक व्यक्तिको कब्जाबाट मोबाइल जफ्त गऱ्यो।
जाँचबुझमा गुडलु दासले खुलासा गरे, उसले उक्त मोबाइल फोन वशिष्ठ चारालीस्थित एक मोबाइल पसलबाट खरिद गरेका थिए। त्यसपछि पुलिसले वशिष्ठ पुलिसको सहयोगमा उक्त पसलमा छापा माऱ्यो। पसल मालिक मोहम्मद तनवीर आलम (हात्तीगाउँ)-लाई पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीबाट पुलिसले चोरीका 21 वटा मोबाइल फोन जफ्त गरेको छ। पुलिसले पहिलाबाटै दर्ता प्राथमिकीको आधारमा पक्रा पर्ने आरोपीसित गहन जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा