देशी बन्दुकसितै युवक पुलिसको कब्जामा
देशी बन्दुकसितै युवक पुलिसको कब्जामा


सिलगढ़ी, 29 मई (हि.स)। माटीगाड़ा थानाको पुलिसले देशी बन्दुकसितै एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम धिरज शर्मा हो। युवक रायगञ्जमा बस्थे। आरोपी युवकबाट दुईवटा जिउँदो कारतूस पनि जफ्त गरिएको छ।

पुलिस सूत्र अनुसार माटीगाड़ा थाना अन्तर्गत चाँदमुनी क्षेत्रमा गए बुधवार अबेर राती एकजना युवकलाई संदिग्ध अवस्थामा घुमिरहेको देखियो। सूचना पाएर माटीगाड़ा थानाको पुलिसले अभियान संचालन गरी युवकलाई पक्राउ गऱ्यो। युवकको जाँच गर्दा एउटा देशी बन्दुक र दुईवटा जिउँदो कारतूस भेटियो जसपश्चात युवकलाई पुलिस टीमले पक्राउ गऱ्यो। भनिन्छ, युवक कुख्यात अपराधी हो। माटीगाड़ा थानाो पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande