गुवाहाटी, 29 मई (हि.स.)। राज्यका अन्य भागहरू सहित गुवाहाटीका विभिन्न क्षेत्रहरूमा पनि गए बुधवार रातीदेखि बिहीवार बिहानसम्म परेको मुसलधारे पानीले ठूलो क्षति निम्ताएको छ। राती परेको पानीले सम्पूर्ण महानगरलाई जलमग्न बनाइदिएको छ जसबाट जनजीवन अस्त-व्यस्त भएको छ। यस्तै समाचार माथिल्लो असमको जोरहाट शहरबाट पनि आइरहेको छ जहाँ वर्षाको कारणले सड़कहरूमा वाहनहरू फसेका छन्।
गुवाहाटीको बाहिरी क्षेत्र जोराबाटको स्थिति सबैभन्दा भयानक भएको छ। अविरल वर्षाले यहाँका सड़कहरू खोलामा परिणत भएका छन्। साथै हात्तीगाउँ, वायरलेस, चाँदमारी जस्ता क्षेत्रहरू पानीमा डुबेका छन्। लाचित नगर, अनिल नगर तथा नवीन नगरमा पनि जलभराउले मानिसहरूको समस्या बढ़ाइदिएको छ।
उजान बजार, बेलतला तथा जू-रोड समेत अन्य कतिपय क्षेत्रहरूमा पनि पानी भरिएको छ जसबाट सम्पूर्ण शहरको ठाउँ-ठाउँमा जामको स्थिति उत्पन्न भएको छ।
वर्तमान मौसमको पूर्वानुमान अनुसार दिउँसो पनि वर्षा हुने सम्भावना छ जसबाट राहत पाउने आशा हाल देखिँदैन।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा