पीएमको जनसभामा गइरहेको बसमा तोड़फोड़, तृणमूलमाथि आरोप
पीएमको जनसभामा गइरहेको बसमा तोड़फोड़, तृणमूलमाथि आरोप


अलिपुरद्वार, 29 मई (हि.स)। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसभामा गइरहेका भाजपा कार्यकर्ताहरूको बसमा तोड़फोड़ गरेको आरोप तृणमूल कंग्रेसमाथि लागेको छ। बिहीवार बिहान लगभग 11 बजे दिनहाटाको शिमुलतला पेट्रोल पम्प सामु बसमा तोड़फोड़ गरियो। यस घटनामा वाहनको अग्र भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भयभित भएका भाजपा कार्यकर्ताहरू बस छोड़ेर अन्यत्र गए। घटनाको कारणले क्षेत्रमा व्यापक तनाउ सृजना भएको छ।

भाजपा नेता अजय रायले आरोप लगाए, हाम्रा कार्यकर्ताहरू बसमा सवार भएर अटियाबाड़ीदेखि अलिपुरद्वार तर्फ प्रस्थान भएका थिए। शिमुलतलामा पुगेपछि तृणमूल कार्यकर्ताहरूले बसलाई रोकेर लौरो आदिले हमला गरे। तृणमूल कार्यकर्ताहरूले दिनहाटा स्टेशन, मदनमोहनबाड़ी, पुट्टीमारी, शीतलाबाड़ी, साहेबरहाट लगायत अन्य स्थानहरूमा पनि भाजपा कार्यकर्ताहरूको वाहनलाई रोकेका छन्।

घटनाको बारेमा सिताई विधानसभा क्षेत्रका भाजपा सह-संयोजक दिवाकर रायले भने, पश्चिम बंगालमा जंगल राज चलिरहेको छ। यी सबै पुलिसको अगाड़ि नै भयो। पुलिस मूकदर्शक भएर बस्यो। तथापि तृणमूलका ब्लक अध्यक्ष बिशु धरले बताए, भाजपासित कार्यकर्ता छैन भने हामी कसलाई रोक्नु? यो सबै आधारहीन आरोप हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande