तलाउमा डुबेर दुई दाज्यु-भाइको मृत्यु, क्षेत्रमा शोक व्याप्त
तलाउमा डुबेर दुई दाज्यु-भाइको मृत्यु, क्षेत्रमा शोक व्याप्त


मालदह, 29 मई (हि. स.)। जिल्लाको गाजोल ब्लक अन्तर्गत देवताला इलाकाको दोन्यास गाउँमा घर नजिक खेल्दै गरेका दुई दाज्यु-भाइ तलाउमा डुबे। यी दुईको नाम परविन्द मोदी (07) र अभि मोदी (05) रहेको छ।

स्मरण गराइन्छ, गाउँकै रवि मोदीका दुईजना छोराहरू क्रमैले परविन्द मोदी (7) र अमि मोदी (5) बिहीवार बिहान लगभग 10 बजे आफ्नो घरको नजिकैमा खेलिरहेका थिए। खेल्दा-खेल्दै दुई भाइ तलाउ तर्फ गए। त्यसबेला भाइ अचानक तलाउमा झऱ्यो। भाइलाई बचाउने क्रममा दाज्यु पनि तलाउमामा पस्यो फलस्वरूप दुवै दाज्यु-भाईको तलाउमा डुबेर मृत्यु भयो।

यो दृश्यलाई देखेर उनीहरूको साथी चिच्याए। त्यसपछि स्थानीय मानिसहरू दौड़ेर तलाउमा पुगे। दुवै दाज्यु-भाइलाई निकालेर गाजोल ग्रामीण अस्पतालमा पुऱ्याए। तर डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए। यस घटनापछि परिवार अनि क्षेत्रमा शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande