रोहामा बिजुलीको तारको चपेटमा परी युवकको मृत्यु, विभागीय लापरवारीको आरोप
रोहामा बिजुलीको तारको चपेटमा परी युवकको मृत्यु, विभागीय लापरवारीको आरोप


नगाउँ (असम), 29 मई (हि.स.)‌। नगाउँको रोहा क्षेत्रस्थित रणथलीमा एक दुःखदायी घटनामा एकजना मानिसको मृत्यु भयो। मृतकको पहिचान कोटाहगुरीको हाटबर उपनाम देहेश्वर गावँखोवाको रूपमा भएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार रोहा अस्पतालको गेट सामु भुइँमा बिजुलीको तार झरेको थियो। बिहान देहेश्वर माछा मार्न जानको लागि जाल लिएर साइकलमा गइरहेका थिए यसै समय बिजुलीको तारको सम्पर्कमा आएर उसको घटनास्थलमै मृत्यु भयो।

स्थानीय मानिसहरूले बिजुली विभाग अनि अस्पताल प्रशासनमाथि गम्भीर लापरवाहीको आरोप लगाएका छन्। उनीहरूको भनाइ छ, यदि सम छँदै तारलाई हटाइएको भए यो दुर्घटना हुनेथिएन।

आश्चर्यको कुरा के छ भने घटना घटेको लगभग एक घण्टापछि मात्र रोहा पुलिस घटनास्थलमा पुग्यो जसबाट मानिसहरूमा अझ निराशा अनि आक्रोश छायो। हाल पुलिसले मामिला दर्ता गरी अग्रिम कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande