दिल्ली सरकारमाथि वचन पूरा नगरेको आआपको आरोप
दिल्ली सरकारमाथि वचन पूरा नगरेको आआपको आरोप


नयाँ दिल्ली, 29 मई (हि.स.)। आम आदमी पार्टी (आआपा)-का नेताहरूले बिहीवार दिल्ली सरकारमाथि सय दिनमा आफ्नो वाचा पूरा नगरेको तथा पछिल्लो सरकारका जनहितकारी योजनाहरूलाई बन्द गरिदिएको आरोप लगायो।

आआपा नेताहरूले पार्टी कार्यालयमा आयोजित एक संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै बिजुली, पानी प्रदूषण र भाजपाका चुनावी वाचाहरूलाई लिएर दिल्ली सरकारलाई घेर्ने प्रयास गरे। यस अवसरमा पूर्व मुख्यमन्त्री आतिशी, दिल्ली आआपा संयोजक सौरभ भारद्वाज, विधायक सञ्जीव झा र कुलदीप कुमार उपस्थित थिए।

आआपा नेताहरूले दिल्ली सरकारमाथि दिल्लीको बिजुली आपूर्तिलाई चौपट बनाएको तथा बिजुलीलाई महँगो बनाएको आरोप लगाए। उनीहरूले भने, दिल्ली सरकारले महिलाहरूलाई 8 मार्चसम्ममा 2500 रुपियाँ दिने अनि होलीमा निःशुल्क सिलेण्डर दिने वाचा पूरा गरेन। यस अतिरिक्त पानीको आपूर्तिमा कमी, घरहरूमा सीवरको मैला पानी आएको, प्रदूषणको स्तरमा वृद्धिलाई लिएर दिल्ली सरकारलाई घेरे।

आआपा नेताहरूले पछिल्लो सरकारका जनहितकारी योजनाहरूलाई बन्द गरिदिएको आरोप पनि लगाए जसमा 'फरिश्ते स्कीम', 'मोहल्ला क्लीनिक', 25,000 विदुईहरूको विदुई पेन्शन, बस मार्शल आदि सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande