दिनहाटापछि अब शीतलकुची, मोदीको सभामा गइरहेका भाजपा कार्यकर्ताहरूमाथि हमला
दिनहाटापछि अब शीतलकुची, मोदीको सभामा गइरहेका भाजपा कार्यकर्ताहरूमाथि हमला


कुचबिहार, 29 मई (हि.स.)। दिनहाटापछि अब शीतलकुचीमा प्रधानमन्त्रीको सभामा सामेल हुन गइरहेका भारतीय जनता पार्टी (भाजपा)-का कार्यकर्ताहरूमाथि हमला गरियो। यस सम्पूर्ण घटनाको आरोप तृणमूल कंग्रेसमाथि लागेको छ। हमलामा धेरैजना कार्यकर्ताहरू घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार बिहीवार भाजपा कार्यकर्ता एवं समर्थकहरू शीतलकुचीदेखि अलिपुरद्वारमा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको सभामा सामेल हुनका लागि गइरहेका थिए। उनीहरूको वाहन शीतलकुची प्रखण्डको भैरथाना पञ्चायतको कदमतला क्षेत्रमा पुग्नसाथ तृणमूल समर्थकहरूले उनीहरूमाथि हमला गरे।

यसको साथै टोटोमा सवार भएर शिवपुर चौपाथीदेखि आइरहेका भाजपा कार्यकर्ताहरूलाई पनि रोकियो। आरोप छ, पछि यिनीहरूमाथि हातपात गरियो। घाइते भाजपा कार्यकर्ताहरू हाल अस्पतालमा उपचाराधिन छन्। तर तृणमूल कंग्रेसका स्थानीय नेतृत्वले भाजपाको आरोपलाई खण्डन गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande