शिक्षकहरूलाई लिएर तीन दिवसीय अभिमुखी कार्यक्रम आयोजित
शिक्षकहरूलाई लिएर तीन दिवसीय अभिमुखी कार्यक्रम आयोजित


गेजिङ, 29 मई (हि.स.)। गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्र र जिल्ला शिक्षा कार्यालयको संयुक्त पहलमा क्योङसाको जिल्ला भवनमा शिक्षकहरूको पेशागत विकासलाई लिएर तीन दिवसीय अभिमुखी कार्यक्रम शुरू भएको छ। गत 28 मईदेखि शुरू भएको तीन दिवसीय अभिमुखी कार्यक्रमको समापन भोलि अर्थात 30 मईको दिन हुनेछ।

यो कार्यक्रम प्राथमिक र माध्यमिक दुवै तहका शिक्षकहरूलाई समावेश गर्ने लक्ष्य लिएर आयोजना गरिएको हो, जसमा गेजिङ जिल्ला अन्तर्गतका पीआरटी र जीटीका शिक्षकहरू सामेल रहेका छन्। यस अवसरमा अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरएको थियो, जसले शिक्षकहरूलाई युवा विद्यार्थीहरूको जीवनमा परिवर्तनकर्ताको रूपमा आफ्नो भूमिकामा प्रतिबिम्बित गर्न प्रोत्साहित गर्‍यो।

जिल्लपालले पाकिम जिल्लाभरि सञ्चालित विद्यालका शिक्षकवर्गको समावेशी र विद्यार्थी-मैत्री शिक्षाको पालनपोषणमा निरन्तर व्यावसायिक विकासको महत्त्वमाथि जोड दिए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande