हुगलीमा परिवारका तीन सदस्यको रहस्यमय परिस्थितिमा मृत्यु
हुगलीमा परिवारका तीन सदस्यको रहस्यमय परिस्थितिमा मृत्यु


हुगली, 29 मई (हि.स.)। हुगली जिल्लाको चन्दननगरमा एक परिवारका तीनजना सदस्यहरूको शव घरभित्रै रहस्यमय परिस्थितिमा भेटिएको छ। मृतकहरूमा पति-पत्नी र उनीहरूका 13 वर्षीय छोरी सामेल छन्। आमा-छोरीको शव पलंगमा भेटियो भने पतिको शव गलफन्दामा झुण्डिरहेको भेटियो। यसरी एउटै परिवारका तीनजना सदस्यहरूको रहस्यमय परिस्थितिमा मृत्यु भएको घटनाले क्षेत्रमा कोकोहोलो मच्चिएको छ। शुरूआती जाँचमा ऋणको बोझ नै यस घटनाको प्रमुख कारण मानिएको छ।

पुलिस अनुसार गए बुधवार अबेर राती चन्दननगर थाना क्षेत्रको कलपुकुर धार क्षेत्रमा अवस्थित एउटा घरमा तीनजना मानिसहरूको शव भेटियो। यी शवहरूको पहिचान बाबलु घोष (62), उसकी पत्नी प्रतिमा घोष (46) एवं 13 वर्षीय छोरीको रूपमा भएको छ। पुलिसले यी शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

पुलिसले बतायो, बाबलु पहिला एक टिन फ्याक्ट्रीमा काम गर्दथे र पछि टोटो चलाउन शुरू गरेका थिए। हालैमा तिनले घरबाटै सानो व्यवसाय शुरू गरेका थिए जसको लागि तिनले बजारबाट लाखौं रुपियाँ ऋण लिएका थिए। प्रारम्भिक जाँचमा अनुमान लगाइएको छ, ठूलो ऋणको बोझले थिचिएका बाबलुले पहिला पत्नी र छोरीको टाउकोमा फलामको रडले प्रहार गरी उनीहरूको ज्यान लिए, त्यसपछि छतको कोठामा गलफन्दा लगाएर आत्महत्या गरे। तथापि पुलिसले स्पष्ट पारेको छ, पोस्टमर्टम रिपोर्ट अनि जाँच पूरा भएपछि मृत्युको कारण स्पष्ट हुनेछ।

चन्दन नगर पुलिस कमिश्नरेटका एसीपी सुमन बन्दोपाध्यायले भने, आमा र छोरीको शव पलंगमा लड़िरहेको थियो। प्रारम्भिक जाँचमा उनीहरूको शिरमा फलामको रडले प्रहार गरिएको थाहा लागेको छ भने बाबलुको शव झुण्डिरहेको थियो। मामिलाको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande