खरसाङ, 29 मई (हि.स.)। खरसाङ पञ्चायत समितिद्वारा सिङ्गेल चिया बगान अन्तर्गत कफीबारी गाउँका अग्नि पीडित परिवारलाई सहयोग गरिएको छ। अग्नि पीडित परिवारहरुलाई व्यक्तिगत रुपमा चाहिने आवश्यक भाँडा वर्तनहरु प्रदान गरिएको छ।
आज नै यी पीडित परिवारहरुको लागि घर निर्माण गर्न जमीनको सर्वे पनि गरिएको छ भने जीटीए प्रमुख अनित थापाले चॉंडै घर निर्माण गरिदिने खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रील जानकारी गराएकी छन्। यस अवसरमा कर्मध्यक्ष बिरेन्द्र तामाङ, भक्तिमान तामाङ, मौसम तामाङ र सन्त मेरिज दुई ग्राम पञ्चायतको प्रधान सदेव तामाङ उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक