मालुटार चियाबारी र घुम्ती चियाबारीका प्रबन्धकसित ट्रेड युनियनको बैठक सम्पन्न
मालुटार चियाबारी र घुम्ती चियाबारीका प्रबन्धकसित ट्रेड युनियनको बैठक सम्पन्न


खरसाङ, 29 मई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टि अन्तर्गत मालुटार, सिमरिङ र फागुटार क्षेत्रका प्रतिनिधिहरुलाई लिएर मालुटार चियाबारीका प्रबन्धक रजत थापासित सभा सम्पन्न भयो। बगानकै कार्यालयमा‌ सम्पन्न भएको सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिका संयोजक राजेश थापा, पञ्चायत समिति सदस्या अनिरा तामाङ, मालुटार बुथका सभापति नरेश राई उपस्थित रहेका थिए।

सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन अप्पर सिमरिङ शाखाको नव गठित प्रतिनिधिहरुलाई प्रबन्धकसित परिचय गराइयो। यस वर्ष 2025 सालको माग पत्र पनि पेश गरिएको छ। उक्त माग पत्र विषयमा चर्चा परिचर्चा पनि गरिएको बताइएको छ। प्रबन्धक पक्षले‌ यी मागहरुलाई मानि लिएर केही दिनभित्रमा शाखा स्तरका प्रतिनिधिहरुसॅंग सर सल्लाह गरेर पूरा गर्ने आश्वासन दिएका छन् भने कतिवटा मागहरुका‌ निम्ति कम्पनीसित सर सल्लाह गरेर आगामी दिनमा हुने बैठकमा छलफल गरिने आश्वासन दिएका छन्‌।

सभामा मालुटार शाखाका सभापति प्रह्लाद छेत्री, सचिव साजन तामाङ, पूर्ण तामाङ, बिष्णु राई, अप्पर सिमरिङ शाखाबाट सभापति कमल सुब्बा, सह सचिव धनकुमार सुब्बा, पञ्चायत सदस्या सिर्जना छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए भनी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले जानकारी गराएका छन्‌‌।

त्यसरी नै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन घुम्ती चियाबारीका प्रतिनिधिहरु र घुम्ती चियाबारीका प्रबन्धक जवाहर चौधरीमाझ बैठक सम्पन्न भएको छ। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनका प्रतिनिधिहरूले गत 18 मई, 2025 मा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन घुम्ती चियाबारी युनिटको कमिटी गठन गरिएको जानकारी गराए। सभामा घुम्ती चियाबारी युनिटको सभापति देवेन्द्र सुब्बा र सचिव सुमन गुरुङको नेतृत्वमा वर्ष 2025 को माग पत्र पेश तयार गरेर चॉंडै प्रबन्धक समक्ष बुझाउने प्रस्ताव पारित गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande