माउण्ट एभरेस्टको चुचुरोलाई छुने भावनालाई नमनः ममता ब्यनर्जीले तेञ्जिंग नोर्गे शेर्पालाई दिइन् श्रद्धाञ्जलि
माउण्ट एभरेस्टको चुचुरोलाई छुने भावनालाई नमनः ममता ब्यनर्जीले तेञ्जिंग नोर्गे शेर्पालाई दिइन् श्रद्धाञ्जलि


कोलकाता, 29 मई (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बिहीवार विश्वप्रसिद्ध पर्वतारोही तेञ्जिंग नोर्गे शेर्पाको 111औं जयन्तीमा उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन्। यस अवसरमा उनले सगरमाथा आरोहणको 72औं वर्षगाँठको ऐतिहासिक क्षणलाई पनि स्मरण गरिन् जतिबेला तेञ्जिंग नोर्गे र सर एडमण्ड हिलेरीले पहिलो पटक विश्वकै सर्वोच्च शिखरमा सफलतापूर्वक कदम राखेका थिए।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेखिन्, “म महान पर्वतारोही तेञ्जिंग नोर्गे शेर्पालाई उनको 111औं जयन्तीमा श्रद्धाञ्जलि अर्पण गर्दछु। उनको साहसले आज पनि संसारभरिका रोमाञ्च प्रेमीहरूलाई प्रेरणा दिन्छ।” उनले अझ लेखिन्, “आज एभरेस्ट दिवसको 72औं वर्षगाँठ पनि हो जसले तेञ्जिंग नोर्गे र सर एडमण्डल हिलेरीद्वारा एभरेस्टमा पहिलो पटक गरिएको आरोहणलाई स्मरण गराउँछ।”

ममता ब्यनर्जीले दुनियाँको सबैभन्दा अग्लो पर्वतलाई छोएको त्यस ऐतिहासिक साहसिक अभियानलाई सम्झना गराउँदै भनिन्, यो एउटा पर्वतारोहण मात्र नभएर यो मनुष्यको अडिग इच्छाशक्ति र साहसको पनि प्रतीक थियो। उनले भनिन्, आउनुहोस् हामी त्यस भावनालाई सम्झना गरौं जसले संसारकै सबैभन्दा उच्च शिखरलाई छोएको थियो।

स्मरण गराइन्छ, 29 मई, 1953-मा तेञ्जिंग नोर्गे अनि सर एडमण्ड हिलेरी मिलेर माउण्ड एभरेस्टमा पहिलो पटक चढ़ेका थिए जसलाई पर्वतारोहममको इतिहासमा एक अद्वितीय उपलब्धिको रूपमा दर्ता गरिएको छ। यस दिनलाई प्रत्येक वर्ष 'एभरेस्ट दिवस'- को रूपमा मनाइन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande