प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीलाई हार्दिक स्वागत गर्दछौं: मुख्यमन्त्री तामाङ
मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो फेसबुक पोस्टमा सेयर गरेको फोटो।


गान्तोक, 29 मई (हि.स.)। देशका प्रधानमन्त्री नरेन्द्र मोदी आज सिक्किम भ्रमणमा आइरहेका छन्। सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह अन्तर्गत राजधानीको पाल्जोर स्टेडियममा आयोजना भइरहेको एक भव्य कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो उपस्थिति दिने छन्।

मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान आफ्नो फेसबुक पोस्टमा एउटा फोटो शेयर गरेर प्रधानमन्त्रीलाई स्वागत जनाएका छन्। मुख्यमन्त्रीले लेखेका छन्, 'हाम्रो सुन्दर हिमाली राज्य सिक्किमको 50औं गौरवशाली वर्ष मनाउँदै गर्दा हामी ठूलो सम्मान र गर्वका साथ सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीलाई हार्दिक स्वागत गर्दछौं- सिक्किम@50!।'

उल्लेख्य, प्रधानमन्त्री नरेन्द्र मोदी 29 र 30 मईका दिन सिक्किम लगायत पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशको भ्रमणमा रहनेछन्। प्रधानमन्त्रीले आफ्नो भ्रमणको शुभारम्भ आज सिक्किमबाट गरिरहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande