सभासद नुरी शेर्पाले सिङ्गेल चियाबारीको कफीबारी गोदामधुराको भ्रमण गरे
सभासद नुरी शेर्पाले सिङ्गेल चियाबारीको कफीबारी गोदामधुराको भ्रमण गरे


सोनादा, 29 मई (हि.स.)। टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पाले सिङ्गेल चियाबारीको कफिबारी अन्तर्गत गोदामधुरा क्षेत्रको भ्रमण गरेका छन्। गत 15 मई, 2025 मा सिङ्गेल चियाबारी अन्तर्गत कफीबारी गोदामधुरामा भीषण अग्निकाण्डको कारण पाँचवटा घरहरु पूर्ण रुपले क्षतिग्रस्त भएको थियो।

घटना भएको केही क्षणमा नै गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमूख कार्यपाल अनित थापा, टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा लगायत सन्तमेरिज 2 ग्राम पञ्चायतका प्रधान सहदेव तामङले घटना स्थलमा पुगे पूर्ण जानकारी लिइएका थिए। स्थानीय संघ-संस्थाहरुले पनि पीडित परिवारहरुलाई आवश्यक सर-सामग्रीहरु प्रदान गरिरहेका छन्।

यस अतिरिक्त, सिङ्गेल कफीबारी गोदामधुरा ग्राम सुधार समितिद्वारा उक्त पीडित परिवाहरुको सहयोगार्थ आपातकालीन सेवा टोली गठन गरिएको थियो भने सभासद शेर्पाले टोलीका प्रतिनिधिहरुसँग चर्चा गरे। यस सभामा अग्निकाण्डका पीडित परिवारहरु लगायत सन्तमेरिज 2 ग्राम पञ्चायतका प्रधानको पनि उपस्थिति रहेको थियो।

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमूख कार्यपाल अनित थापाले अग्नि पीडितहरूको निम्ति घर बनाइदिने प्रतिश्रुति दिएका छन् भने आज उनकै निर्देशनमा समष्टिका सभासद शेर्पाले निरीक्षण गरेका थिए। पीडित परिवारहरुको घर निर्माणको निम्ति सही ठाउँ चिन्हित गरी जमीन उपलब्ध गराइदिने जिम्मा आपातकालीन सेवा टोलीलाई दिइएको छ। घर निर्माणको निम्ति जमीन उपलब्ध भएपश्चात घर निर्माणको कार्य पनि शीघ्र नै आरम्भ गरिने जानकारी सभासद नुरी शेर्पाले दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande