खरसाङ, 29 मई (हि.स.)। 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको आयोजनामा तेञ्जिङ नोर्गे शेर्पाको 111 औं जन्म जयन्ती पालन गर्दै खरसाङमा स्वास्थ्य जाँच शिविरको आयोजना पनि गरिएको छ। उक्त स्वास्थ्य जाँच शिविर खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक बिहान 9 बजीदेखि लगभाग 4 बजीसम्म आयोजना गरियो।
सभासद श्याम शेर्पाको विशेष पहलमा माउण्ट एभरेस्टमा सर्वप्रथम पुग्ने तेञ्जिङ्ग नोर्गे शेर्पाको 111 औं जन्म जयन्ती साथै नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। बिहान तेञ्जिङ नोर्गे शेर्पाको जन्म जयन्ती पालन गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरियो। यस अवसरमा प्रमुख अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक उपस्थित रहेका थिए।
कार्यक्रममा तेञ्जिङ नोर्गे शेर्पाको विषयमा साहित्यकार एवं गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले वक्तव्य राखेकी थिइन्। कार्यक्रमलाई खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकले पनि सम्बोधन गरेका थिए।
त्यसपछि 28 नम्बर समष्टिको आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त स्वास्थ्य जाँच शिविरमा विभिन्न रोगहरुका विशेषज्ञ डाक्टरहरुले रोगीहरुको नि:शुल्क स्वास्थ्य जाँच गरे। यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा खरसाङ र वरिपरि क्षेत्रका लगभग 700 मानिसहरुले आफ्नो स्वास्थ्य जाँच गराएको बताइएको छ।
सभासद श्याम शेर्पाले माउण्ट एभरेस्टमा सर्वप्रथम पुग्ने तेञ्जिङ्ग नोर्गे शेर्पाको 111 औं जन्म जयन्तीको अवसरमा आज 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको जानकारी गराए। उनले यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा विभिन्न रोगहरुको 9 जना विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरेको बताए। उनले यस शिविरबाट लगभग 900 जनाले लाभ उठाएको जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक