नयाँ दिल्ली, 30 मई (हि.स.)। उत्तर-पश्चिम जिल्लामा पुलिसले ठूलो कारबाही गर्दै भारतमा अवैध रूपमा बस्दै आइरहेका 30 जना बंगलादेशी अनुप्रवेशकारीहरूलाई दिल्लीको भारत नगर क्षेत्रबाट पक्राउ गरियो। यिनीहरू सबै भिख माग्ने अनि संदिग्ध गतिविधिहरूमा लिप्त थिए। यिनीहरूको पहिचान गुप्त सूचना अनि लामो समयदेखि नै चलिरहेको निगरानीको आधारमा गरिएको हो।
उत्तर पश्चिमी जिल्लाका डीसीपी भीष्म सिंहले बताए, शुक्रवार बिहान गुप्त सूचनाको आधारमा यिनीहरू सबैलाई पक्राउ गरिएको हो। यिनीहरूबाट पाँचवटा स्मार्ट फोन जफ्त गरिएको छ जसमा प्रतिबन्धित आईएमओ एप इन्स्टल गरिएको छ। पुलिसको भनाइ , यस एपको उपयोग यिनीहरूले बंगलादेशमा बसेका आफन्तहरूसित सम्पर्क गर्नका लागि गरिरहेका थिए।
सबै आरोपीहरूले स्वीकार गरे, उनीहरू एजेन्टको सहयोगले अवैध रूपमा सीमा पार गरेर दिल्ली पुगेका थिए। यिनीहरू सबै नै रंगपुर राज्यको कुरिग्राम जिल्लाका विभिन्न गाउँहरूका हुन्। यसमा पुरूष, महिला अनि बाल-बालिकाहरू सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा