बोरामा खाँदिएको सड़िएको शव भेटियो
बोरामा खाँदिएको सड़िएको शव भेटियो


जलपाईगुड़ी, 30 मई (हि.स.)। जिल्लाको राजगञ्ज प्रखण्डको आमबाड़ी-बेलाकोबा स्टेट हाईवे किनारमा बोराभित्र खाँदिएको एक अज्ञात व्यक्तिको सड़िसकेको शव भेटिनाले व्यापक खैला-बैला मच्चिएको छ। घटनाको सूचना पाएर भोरेर आलो थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लियो। पुलिस सूत्र अनुसार शव पुरुषको हो।

सूत्र अनुसार शुक्रवार अपरान्ह एकजना महिलाले सड़क किनारमा एउटा बोरा देखिन्। बोराबाट फैलिरहेको दुर्गन्धको कारणले महिलालाई शंका लाग्यो। त्यसपछि लौरोले बोरा खोलेर हेर्दा त्यसमा व्यक्तिको कुहिसकेको शव देखियो। यो खबर फैलिनसाथ घटनास्थलमा मानिसहरूको ओइरो लाग्यो। हतार-हतार पुलिसलाई घटनाको सूचना दिइयो। सूचना पाएर भोरेर आलो थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिएर अस्पतालमा पठाइदियो। पुलिसले यस कुराको जाँच गरिरहेको छ कि यो शव कहाँबाट ल्याएर फालिएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande