नगाउँ (असम), 30 मई (हि.स.)। बटद्रवा डुमडुमियालाई जोड़्ने मार्गको रामपुर सत्र क्षेत्रमा एक भीषण सड़क दुर्घटना भयो। यस दुर्घटनामा मोटरसाइकल सवार व्यक्तिको घटनास्थलमै मृत्यु भयो।
पुलिसले शुक्रवार बतायो, मृतक मोटरसाइकल मार्फत डुमडुमिया तर्फ गइरहेका थिए अचानक निर्माणाधिन नयाँ कलभर्ट किनारमा बाइक असन्तुलित भएर लड़्यो जसमा बाइक सवारको घटनास्थलमै मृत्यु भयो।
स्थानीय मानिसहरूको आरोप छ, निर्माण कार्य गरिरहेको संस्थाले बाटोमा कुनै प्रकारको चेताउनीको चिन्ह राखेको थिएन। यसै लापरवाहीले गर्दा यो दुर्घटना भयो।
घटनाको सूचना पाए लगत्तै बटद्रवा पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिेर पोस्टमर्टम गर्नको लागि पठाइदियो। अन्तिम सूचना पाउनञ्जेलसम्म पनि मृतकको पहिचान हुन सकेको थिएन। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा