नयाँ दिल्ली, 30 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, स्वास्थ्य मन्त्री पकंज कुमार सिंह, सांसद रामवीर सिंह बिधुड़ी तथा विधायक सतिश उपाध्यायले आज हिन्दी पत्रकारिता दिवसमा सबै पत्रकारहरूलाई शुभकामना दिए।
मुख्यमन्त्री रेखा गुप्ताले एक्समा शुभकामना दिँदै लेखिन्, पत्रकारिताले स्वतन्त्रता संग्रामदेखि लिएर आधुनिक भारतको निर्माणसम्म सदैव सत्य, साहस अनि जनहितको भावनालाई प्रबल पारेको छ। मुख्यमन्त्रीले समाजमा जागरूकता तथा सकारात्मक परिवर्तन ल्याउने सबै पत्रकार साथीहरूलाई अभिनन्दन गरिन्।
दिल्लीका स्वास्थ्य मन्त्री पंकज कुमार सिंहले पनि आफ्नो शुभकामना व्यक्त गर्दै भने, स्वतन्त्रता संग्रामदेखि लिएर नवभारत निर्माणसम्म हिन्दी पत्रकारिताले सदैव सत्य, साहस एवं जनहितका मार्गहरूलाई आलोकित गरेको छ। निष्पक्ष अनि कल्याणकारी पत्रकारिताको माध्यमबाट समाजलाई दिशा दिने सबै पत्रकार बन्धुहरूलाई अभिनन्दन छ।
भाजपा सांसद रामवीर सिंह बिधुड़ीले शुभकामना दिँद एक्समा लेखे, गरीब, वञ्चित, कमजोर वर्गको कल्याण सहित लोकतन्त्रको सुदृढ़ता एवं देशको प्रगतिको लागि समर्पित हिन्दी पत्रकारिताले यस्तो अनमोल रत्न प्रदान गरेको छ जसले पत्रकारिता जगत सहित हिन्दी साहित्यलाई पनि समृद्ध तुल्याए। पत्रकारिता जगतका सबै बन्धुहरूले आफ्नो कर्तव्य निर्वहनबाट नयाँ प्रतिमान स्थापित गरून्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा