लगातार परिरहेको पानीले सिगिन नदीमा बाढ़ी
लगातार परिरहेको पानीले सिगिन नदीमा बाढ़ी


ईटानगर, 30 मई (हि.स): अरुणाचल प्रदेशका विभिन्न जिल्लाहरूमा लगातार परिरहेको पानीले बिहीवार आप्पार सुबनसिरी जिल्लाको सिगिन नदीमा आएको बाढ़ीले 80 वटाभन्दा अधिक घर अनि बुनियादी ढाँचालाई प्रभावित भएको छ।

वर्षा अनि बाढ़ीले पोलो कलोनी, सिगम रिजो, सिगिन औ बुकपेन कलोनी व्यापक रूपमा प्रभावित भएको छ। तथापि अहिलेसम्म कुनै प्रकारको ज्यान-मालको क्षति भएको सूचना प्राप्त भएको छैन। जिल्ला उपायुक्त टासो गाम्बो, सह उपायुक्त बियारो सोरम तथा अन्य अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा पुगेर स्थितिको जायजा लिए।

डीसीले क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आपदा सम्भावित क्षेत्रहरूका मानिसहरूसित सतर्क रहने तथा सुरक्षित स्थानहरूमा जाने अग्रह गरेका छन्। डीसीले पुलिस सहित सबै विभागहरूलाई आपदाको कारणले सतर्क रहने आदेश दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande