धुबड़ी (असम), 30 मई (हि.स.)। गोलकगञ्ज पुलिसद्वारा गौ-तस्कर विरोधी अभियान संचालन गरिँदैछ। यस अभियान अवधि छःवटा गाई-गोरूहरूलाई तस्करहरूको कब्जाबाट मुक्त गराउनको साथै एकजना तस्करलाई पक्राउ पनि गरियो।
प्राप्त जानकारी अनुसार आज भोर बिहान एक गुप्त सूचनाको आधारमा गोलकगञ्ज थाना प्रभारी देबजीत कलिताको निर्देशमा सहायक उप-निरीक्षक सञ्जीव नाथको नेतृत्वमा पुलिसको एक टीमले यो अभियान संचालन गऱ्यो। अभियान अवधि पुलिसले गोलकगञ्जको उत्तर रायपुर खण्डको रेल गेट नजिक एउटा छःचक्के वाहन (एएस-17सी-5410)- लाई रोक्यो।
वाहनको जाँच गर्दा पुलिसले छःवटा गाई-गोरूहरूलाई जफ्त गऱ्यो। यस मामिलामा अब्बास अली नामक एकजना युवकलाई पक्राउ गरिएको छ। उल्लेखनीय छ, गाई-गोरूहरूलाई पश्चिम बंगालको कुचबिहार जिल्ला अन्तर्गत बक्सीहाटको चण्डीपटीदेखि गौरीपुर लगिँदैथ्यो। पक्रा पर्ने गौ-तस्कर अब्बास अलीको घर गोलकगञ्ज थाना अधिनस्थ छगलियाको द्वितीय खण्डमा अवस्थित छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा