काउन्सिलिंगपछि पनि चाहेको पोस्ट दिएनः देवाशीष हलदार अनि असफाकुल्ला नय्या पुगे हाई कोर्ट
काउन्सिलिंगपछि पनि चाहेको पोस्ट दिएनः देवाशीष हलदार अनि असफाकुल्ला नय्या पुगे हाई कोर्ट


कोलकाता, 30 मई (हि.स.)। आर.जी. कर आन्दोलनका दुई प्रमुख अनुहार क्रमैले देवाशीष हलदार र असफाकुल्ला नय्याले आफ्नो नियुक्तिलाई लिएर उत्पन्न विवादलाई लिएर शुक्रवार कलकत्ता हाई कोर्ट पुगे। दुवै जूनियर डाक्टरहरूको आरोप छ, नियमानुसार काउन्सलिंग प्रक्रियामा भाग लिए पनि उनलाई चाहेको पोस्ट दिइएन।

यस मुद्दामा हाई कोर्टले उनको याचिकालाई स्वीकार गरेको छ। न्यायमूर्ति पार्थ सारथी च्याटर्जीको पीठमा आगामी 5 जूनमा मामिलाको सुनवाई हुने सम्भावना छ।

आर.जी. कर मेडिकल कलेजकी एकजना महिला डाक्टरसित भएको दुष्कर्म अनि हत्याको घटनापछि राज्यभरि नै जूनियर डाक्टरहरूले आन्दोलन गरेका थिए जसमा देवाशीष र असफाकुल्ला अग्रिम पंक्तिमा थिए। अब यिनीहरूले आफ्नो पोस्टिंगलाई लिएर सरकारद्वारा गरिएको कथित अनुचित व्यवहारको सामना गर्न परिरहेको छ।

डाक्टरहरूको भनाइ छ, काउन्सलिंगमा वरिष्ठ रेजिडेन्ट्ससित उनीहरूले रुचाएको स्थानको बारेमा सोधिएको थियो। उनीहरूले स्पष्ट रूपमा आफ्नो प्राथमिकता व्यक्त गरेका थिए। तर तीनजना डाक्टरहरू क्रमैले देवाशीष हलदार, असफाकुल्ला नय्या र अनिकेत महतोले चाहे जस्तो पोस्टिंग पाएनन्। यी तीनैजनाको नाम आर.जी. कर आन्दोलनका सक्रिय नेताहरूमा सामेल रहेको छ।

कोलकाता मेडिकल कलेजसित जोड़िएका डाक्टर देवाशीषलाई मालदाको गाजोलमा नियुक्त गरिएको छ जबकि उनले काउन्सिलिंगमा हावड़ालाई रोजेका थिए। यसरी नै अनिकेत र असफाकुल्लालाई पनि उनीहरूले चाहेको स्थानको सट्टामा अन्यत्र पोस्टिंग गरिएको छ।

तर हाल अनिकेत महतोले अदालतमा याचिका दर्ता गरेका छैनन्। संगठनको सूत्रको भनाइ छ, उनले पनि यथाशीघ्र यस मुद्दामा न्यायालयको ढोका ढक्ढकाउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande