गुवाहाटी, 30 मई (हि.स.)। राज्यका विभिन्न भागहरू लगायत गुवाहाटी शहरमा बितेको दुई दिनदेखिकै भइरहेको घना वर्षाले ठूलो विध्वंश मच्चाएको छ। सम्पूर्ण महानगर जलमग्न भएको कारणले जनजीवन अस्त-व्यस्त भएको छ। गुवाहाटीका धेरैवटा ठाउँहरूमा डुंगा चलाइरहेको देखियो।
तीव्र तूफानी हावाले रूखहरू ढालेको कारणले कतिपय क्षेत्रहरूमा बिजुलीको सर्वराह ठप्प भएको छ भने कतिपय ठाउँमा पैह्रो गएको समाचारहरू पनि प्राप्त भएको छ। गुवाहाटीको बाहिरी क्षेत्र जोराबाटको स्थिति सबैभन्दा भयानक भएको छ। राष्ट्रिय राजमार्ग-6 अनि 27 बन्द भएको छ। लगातार वर्षाको कारणले यहाँका सड़कहरू खोलामा परिणत भएका छन्। साथै हात्तीगाउँ, वायरलेस, चाँदमारी जस्ता क्षेत्रहरूमा बाढ़ीको जस्तै स्थिति भएको छ। यसरी नै लाचित नगर, अनिल नगर र नवीन नगर पनि जलमग्न भएको कारणले मानिसहरूलाई समस्या भइरहेको छ।
उजान बजार, बेलतला औ जू-रोड लगायत अन्य ठाउँहरूमा पनि पानी भरिएको छ जसले गर्दा शहरभरि नै जामको स्थिति उत्पन्न भएको छ।
वर्तमान मौसमको पूर्वानुमान अनुसार वर्षा अनि तूफानी हावा जारी रहनेछ जसबाट राह पाउने आशा अहिलेघेरि छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा