आइजोल, 30 मई (हि.स.)। पछिल्लो बुधवारदेखि भइरहेको अविरल वर्शाको कारणले मिजोरमको जनजीवन प्रभावित भएको छ। राज्यको राजधानी आइजोल सहित कतिपय क्षेत्रहरूमा पैह्रो गएको सूचना प्राप्त भएको छ। घना वर्षाको कारणले दोस्रो दिन शुक्रवार पनि आइजोल जिल्लाका सबै शैक्षणिक संस्थानहरूलाई बन्द राख्ने निर्णय लिइएको छ।
आइजोलका उप-आयुक्त एवं जिल्ला आपदा प्रबन्धन प्राधिकरणका अध्यक्ष लालह्रियतपुइआद्वारा जारी अधिसूचनामा भनिएको छ, बितेका केही घण्टादेखि परिरहेको मुसलधारे पानीलाई मध्यनजर गर्दै आइजोल जिल्लाका सबै स्कूलहरूलाई शुक्रवार बन्द राखिएको छ।
मिजोरमको लुंगतलाई जिल्लामा 112.50 मिमी, सेरछिपमा 70 मिमी, कोलासिबमा 63.70 मिमी औ आइजोलमा 63.60 मिमी वर्षा दर्ता गरिएको छ। लगातार परिरहेको पानीले गर्दा राज्यका विभिन्न भागहरूमा पैह्रो गएर यातायात ठप्प भएको छ।
राज्य आपदा प्रबन्धन विभागका अधिकारीहरूले बताए, आइजोल सहित केही क्षेत्रहरूको मुख्य सड़कमा ढुङ्गा-माटो थुप्रिएकोले बाटो बन्द भएको छ। तथापि अहिलेसम्म कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
अर्कोतिर आइजोल जिल्लाको मिजोरम-असम- मणिपुर सीमास्थित मौचार गाउँमा शुक्रवार बिहान आएको पैह्रोले एउटा घरलाई सोहोरेर लगेको छ। मौसम विभागले आगामी 1 जूनसम्म तूफान अनि वर्षा हुने चेताउनी जारी गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा