हुगली, 30 मई (हि.स.)। हुगलीको कनाईपुरमा नाबालिक युवतीको बलात्कारपछि हत्या गरिएको मामिलामा पुलिसले शुक्रवार नयाँ खुलासा गरेको छ। पुलिस अनुसार आरोपीले नाबालिकलाई खानाको प्रलोभन देखाएर आफ्नो घरमा लग्यो अनि उसित दुष्कर्म गऱ्यो। यस अवधि नाबालिक चिच्याउँदा उसको गला दबाएर हत्या गरिदियो।कोननगरको कनाईपुरकी 13 वर्षीय किशोरी गत मंगलवारदेखि नै बेपत्ता भएकी थिई। बिहीवार उसको निर्वस्त्र अवस्थामा शव भेटिएको तीन घण्टापछि पुलिसले आरोपी युवक असिम मजुमदारलाई डानकुनीबाट पक्राउ गऱ्यो। जाँचकर्ताहरूले आरोपीको तस्वीर विभिन्न पुलिस थानाहरूमा पठाए। त्यसपछि आरोपीलाई समातेर स्थानीय मानिसहरूले मरूञ्जेल कुटेपछि पुलिसलाई सुम्पिदिए।पुलिस सूत्र अनुसार गत मंगलवार आरोपीले नाबालिकलाई खानाको लोभ देखाएर आफ्नो घरमा लिएर गयो। उसले उसको लागि बिस्किट पनि किन्यो। त्यसपछि उसले नाबालिकलाई नोपाड़ाको बाँसको घारीमा लिएर गयो जहाँ उसले नाबालिकसित कथित रूपमा बलात्कार गऱ्यो। नाबालिक चिच्याउन लाग्दा उसले गला दबाएर हत्या गरिदियो अनि शवलाई त्यहीँ छोड़ेर भाग्यो। यो घटना हुँदा आरोपी कथित रूपमा मातेको थियो। घटनापछि आरोपी विभिन्न ढाबा अनि सड़क किनारका होटलहरूमा बसेको थियो।नाबालिकको शव गए बिहीवार साँझ उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइयो। त्यसपछि पुलिसले आरोपीलाई डानकुरीको खरियालबाट पक्राउ गऱ्यो जहाँबाट उसलाई उत्तरपाड़ा थानामा लगियो। उसलाई शुक्रवार रिमाण्डको आवेदन सहित कोर्टमा पेश गरियो। उसले आफ्नो अपराध पनि स्वीकार गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा