केपीपीले एसडीओलाई सुम्पियो ज्ञापन
केपीपीले एसडीओलाई सुम्पियो ज्ञापन


सिलगढ़ी, 30 मई (हि. स.)। कामतापुर पीपुल्स पार्टी (केपीपी) दार्जीलिङ जिल्ला कमिटीले छः सूत्रीय मागहरूलाई लिएर शुक्रवार सिलगढ़ी एसडीओलाई एक ज्ञापन पत्र सुम्पियो। ज्ञापन पत्रमा उल्लेखित प्रमुख मागहरूमा अलग कामतापुर जिल्ला, कामतापुरी भाषा अकादमी, सरकारी स्कूलहरूमा न्यूनतम एकजना कामतापुर शिक्षकको नियुक्ति, सिलगढ़ीमा स्कूल सेवा आयोग (एसएससी) नर्थ जोन अफिसको स्थापना आदि सामेल छन्।

केपीपी केन्द्रिय कमिटीका सदस्य रविन्द्र गुहले भने, वर्षौंदेखिको उनीहरूले आफ्नो मागलाई लिएर आनन्दोलन गरिरहेका छन्। यदि सरकारले उनीहरूको मागलाई पूरा गरेन भने उनीहरू ठूलो आन्दोलन गर्न बाध्य हुनेछन्। भनिन्छ, संगठनका सदस्यहरूले यी छःवटा मागहरूमध्ये चारवटा माग राज्य सरकारलाई अनि दुईवटा माग एसडीओको माध्यमबाट केन्द्रिय गृहमन्त्रीलाई पठाएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande