भिन्न-भिन्न अभियानहरूमा भारी मात्रामा हेरोइन जफ्त, चारजना समातिए
भिन्न-भिन्न अभियानहरूमा भारी मात्रामा हेरोइन जफ्त, चारजना समातिए


सिलचर (असम), 30 मई (हि.स.)। कछार पुलिसद्वारा संचालित अलग-अलग अभियानहरूमा भारी मात्रामा हेरोइन जफ्त गरिएको छ। अभियान अवधि चारजना आरोपीहरूलाई पनि पक्राउ गरिएको छ।

कछार पुलिस मुख्यालयद्वारा शुक्रवार दिइएको जानकारी अनुसार सोनाई अनि सिलचर पुलिसद्वारा संचालित नशा विरोधी अभियान अन्तर्गत दुई भिन्न घटनाहरूमा चारजना मानिसहरूलाई पक्राउ गरी यिनीहरूबाट प्रचुर मात्रामा संदिग्ध हेरोइन जफ्त गरिएको छ।

प्राप्त विश्वसनीय सूचनाको आधारमा सोनाई थाना क्षेत्रको मोतीनगर रोडस्थित तालुग्राम पार्ट-1 मा एउटा वाहन (एएस- 11 एबी 7330)-लाई रोेकेर जाँच गरियो। यस अवधि वाहनबाट पाँचवटा साबुनदानी भेटियो जसमा 60.02 ग्राम संदिग्ध हेरोइन पाइयो। यस मामिलामा गुलाम आजाद बरभुइयाँ (39)-लाई हिरासतमा लिइएको छ।

यसरी नै विशेष सूचनाको आधारमा औलिया, सोनाई रोडमा एउटा ई-अटोरिक्शा (एएस-11एफसी-5519)- लाई रोकियो। जाँच गर्दा त्यसमा सवार तीनजना मानिसहरूलाई 13 वटा साबुनदानीमा लगभग 147 ग्राम संदिग्ध हेरोइनसितै पक्राउ गरियो। पक्रा पर्ने आरोपीहरूको पहिचान फखर उद्दीन लस्कर (56, चालक), अब्दुल माजिद (35) तथा माजिदा बेगम (30)- को रूपमा भएको छ। जफ्त गरिएको हेरोइनको मूल्य कालो बजारमा 3 करोड़ रुपियाँभन्दा अधिक रहेको अनुमान लगाइएको छ।

पुलिसद्वारा दुवै मामिलामा अग्रिम कानूनी कारबाही जारी राखिएको छ। पुलिसले यसलाई नशा कारबारविरूद्ध एउटा ठूलो सफलता बताएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande