हुगली, 30 मई (हि. स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार अलिपुरद्वारमा उभिएर अपरेशन सिन्दूरको सफलताको बखान गरे भने पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले उनीमाथि मौखिक हमला गरिन्। ममता ब्यनर्जीले प्रधानमन्त्री मोदीमाथि गरेकी आपत्तिजनक बयानलाई लिएर अब भाजपाले पनि प्रत्याक्रमण गरेको छ।
भारतीय सेनाको अपरेशन सिन्दूर पहलगाममा भएको आतंकवादी हमलाको जवाफ थियो। पाकिस्तान बौलाएको थियो। यस्तो स्थितिमा प्रधानमन्त्री मोदी बंगालमा आए। उनको भाषणको एउटा ठूलो भाग अपरेशन सिन्दूरप्रति समर्पित थियो। यस बारेमा मोदीले भने, गत 22 अप्रेलको दिन पहलगाममा भएको आतंकवादी हमलापछि पश्चिम बंगालका मानिसहरूमा आक्रोश व्याप्त भएको थियो। आतंकवादीहरूले हाम्रा दिदी-बहिनीहरूको सिउँदोको सिन्दूरलाई मेटाउने दुस्साहस गरे। हाम्रा जवानहरूले सिन्दूरको शक्तिलाई देखाइदिएका छन्। हामीले ती आतंकवादीहरूलाई यसकि कुल्चियौं जसको पाकिस्तानले कल्पना समेत गर्न सकेको थिएन।
यसैको जवाफमा आयोजित एक प्रेस कन्फ्रेन्समा मुख्यमन्त्री ममता ब्यनर्जीले भनिन्, अपरेशन सिन्दूर नाम राजनीतिबाट प्रेरित छ, तर म यस बारेमा केही भन्ने छुइनँ। विपक्षी भाजपाका प्रतिनिधिहरू देशको लागि चित्कार गरिरहेको समय भाजपाका मानिसहरू चुनावी रंग लगाएर राजनीतिक होली खेल्न आएका छन्। पहिला यिनी चियावाला थिए। फेरि चौकीदार भए अनि अब उनले सिन्दुर बेच्ने भनिरहेकाछन्। दिदी-बहिनीहरूको सिन्दूर त्यतिकै बेच्न सकिँदैन। हरेक महिलाले आफ्ना पतिबाट सिन्दूर थाप्छन्। मोदीले यस्तो भनिरहेका छन् मानौं उनी सबैका पति हुन्। मोदीले आफ्नी पत्नीलाई सिन्दूर किन लगाइरहेका छैनन्?
भाजपाले आरोप लगायो, अपरेशन सिन्दूरमाथि यसप्रकारको हमला गरेर विवाहित महिलाहरूको सिन्दूरको अपमान गरिएको छ। यसको विरोधमा महिला भाजपा कार्यकर्ताहरूले चुँचुड़ाको पिपुलपाटी पंचमाथा चौरस्तामा सड़क जाम गरे। सूचना पाएर ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो। पुलिस सड़कमा बसेका भाजपाका महिला कार्यकर्ताहरूलाई हटाउन गयो। आरोप छ, पुलिसकर्मीहरूलाई बलजफ्ती सिन्दूर लगाउन भनियो। उनीहरूले टाउको र गालामा सिन्दूर लगाइदिए। महिला पुलिसकर्मीहरूले यसको विरोध गरे। यस विषयमा वर्दीधारी महिला पुलिसकर्मी र महिला मोर्चाका कार्यकर्ताहरूबीच बहस भयो। भाजपा कार्यकर्ता निरूपा चक्रवर्तीले भनिन्, सिन्दूर हाम्रो गौरव हो। म स्वयं सिन्दूर लगाउँछु र ववाहिता महिलाहरूलाई पनि सिन्दूर लगाइदिन्छु।
यता हुगली जिल्लाको तृणमूल युवा कंग्रेस अध्यक्ष शुभदीप मुखर्जीले भने, चुँचुड़ाको घटना यस कुराको प्रमाण हो कि भाजपाले अपरेशन सिन्दूरसित खेलवाड़ गरिरहेको छ। हिन्दू धर्ममा सिन्दूरलाई पवित्र मानिन्छ। म ड्यूटीमा तैनाथ एकजना पुलिस अधिकारीलाई बलजफ्ती सिन्दूर लगाउनुको कड़ा विरोध गर्दछु। अभिषेक ब्यनर्जीले एकातिर अपरेशन सिन्दूरको पक्षमा तथा आतंकवादको विरोधमा विदेशमा प्रचार गरिरहेका छन् भने देशका प्रधानमन्त्रीले यसलाई लिएर राजनीति गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा