गुवाहाटी, 30 मई (हि.स.)। राजधानी गुवाहाटी समेत सम्पूर्ण राज्यभरि नै पछिल्लो दुई दिनदेखि परिरहेको मुसलधारे पानीले गर्दा जनजीवन अस्त-व्यस्त भएको छ। गुवाहाटीका अधिकांश भागमै सड़क एवं गल्लीहरूमा रबरको डुंगा चलाइँदैछ। यसरी नै यहाँको बाहिरी क्षेत्र जोराबाटमा आज दोस्रो दिन पनि राष्ट्रिय राजमार्ग-27 र 6मा यातायात पूर्ण रूपले प्रभावित भयो।
ज्ञात रहोस्, जोराबाट मेघालय तथा माथिल्लो असमलाई गुवाहाटी महानगरसित जोड़्ने मुख्य बिन्दु हो। राष्ट्रिय राजमार्गमा निर्मित फ्लाई ओभरमुनि पानी भरिएर वाहनहरूलाई आवागामन गर्नै असुविधा भइरहेको छ।
मुसलधारे वर्षापछि जोराबाट र वरिपरीका क्षेत्रहरूमा राष्ट्रिय राजमार्गका धेरैवटा ठाउँमा पानी जमिएको छ। जोराबाट तिनालीमा फ्लाई ओभर मुनि पानी जमिएर राष्ट्रिय राजमार्ग-27 र6- मा 4-5 फुट पानी भरिएको कारणले यस मार्ग भएर ओहोर-दोहोर गर्ने वाहन एवं मानिसहरूलाई समस्या भइरहेको छ। यहाँ विहानदेखिकै हजारौं वाहनहरू फसेका छन्।
माथिल्लो असम, गुवाहाटी औ शिलंग तर्फ जाने सड़कमा यातायात पूर्ण रूपले ठप्प भएको छ जोराबाट अतिरिक्त 8 माइल, 9 माइल, 10 माइल, 11 माइल, 12 माइल आदि क्षेत्रहरूमा राष्ट्रिय राजमार्ग जलमग्न भएको कारणले यातायात प्रभावित भएकोछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा