शिक्षक भर्तीको अधिसूचनापछि भड़्कियो आन्दोलन, सचिवालय गेराउ गर्नेछन् बर्खास्त शिक्षकहरूले
शिक्षक भर्तीको अधिसूचनापछि भड़्कियो आन्दोलन, सचिवालय गेराउ गर्नेछन् बर्खास्त शिक्षकहरूले


कोलकाता, 30 मई (हि. स.)। राज्य सरकारद्वारा शिक्षक नियुक्तिको लागि अधिसूचना जारी गरिन साथै आन्दोलनको झिल्का सल्किएको छ। गए बिहीवार राती स्कूल सेवा आयोग (एसएससी)-ले पश्चिम बंगालका सरकारी स्कूलहरूमा कक्षा 9-10 अनि 11-12 को लागि सहायक शिक्षकहरूको भर्तीको अधिसूचना जारी गऱ्यो। अर्कोतिर वर्ष 2016-को रद्द भएको प्यानलका 'योग्य' शिक्षकहरूले आन्दोलनलाई अझ सशक्त बनाएका छन्।

यी शिक्षकहरूले शुक्रवार राज्य सचिवालय नवान्न तर्फ अर्धनग्न भएर मार्च गर्ने घोषणा गरेका छन्। 'योग्य शिक्षक-शिक्षिका अधिकार मञ्च'- को ब्यानरमा यो विरोध प्रदर्शन आयोजना गरिनेछ। मञ्चका प्रतिनिधि चिन्मय मण्डलले बताए, शुक्रवार बिहान 11 बजे सियालदह स्टेशनमा प्रदर्शनकारीहरू भेला हुनेछन् अनि त्यहाँबाट नवान्नसम्म अर्धनग्न ऱ्याली निकालिनेछ। शुक्रवार बिहानदेखिकै प्रदर्शनकारीहरू स्टेशनमा जुट्न थालिसकेका छन्।

वास्तवमा सुप्रीम कोर्टले गत अप्रेलमा वर्ष 2016- को शिक्षक प्यानललाई रद्द गर्दै राज्य सरकारलाई निर्देश दिएको थियो, 31 मईसम्ममा नयाँ भर्तीको नोटिफिकेशन जारी गरियोस्। सोही निर्देशलाई पालन गर्दै मुख्यमन्त्री ममता ब्यनर्जीले गत मंगलवार पत्रकारहरूसित भनेकी थिइन्, 30 मईमा नोटिफिकेशन प्रकाशित गरिनेछ। एसएससीले समयमा अधिसूचना जारी त गऱ्यो, तर यो सगँसँगै ती शिक्षकहरू पनि आक्रोशित भएका छन् जसले पहिला नै परीक्षा दिएर आफ्नो योग्यता साबित गरिसकेका छन्।

प्रदर्शनकारी शिक्षकहरूको भनाइ छ, उनीहरू पहिला नै चयन भइसकेका छन्, त्यसैले पुनः परीक्षा दिनु उनीहरूको आत्मसम्मान विपरीत छ। मुख्यमन्त्रीले पहिला नै स्पष्ट पारिसकेकी छन्, सुप्रीम कोर्टको आदेशलाई मान्नैपर्छ। सबैले फेरि परीक्षा दिनुपर्छ। तर शिक्षकहरू आफ्नो पुरानो प्यानलको आधारमा बहाली गर्नुपर्ने मागमा अडिग छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande