सिलगढ़ी, 30 मई (हि.स.)। एनजेपी जीआरपीले नाबालिक युवतीसित दुष्कर्म गरेर भागेका आरोपीलाई पक्राउ गरेको छ। आरोपीको नाम नयन बर्मन (35) हो जसलाई हैदराबादबाट पक्राउ गरिएको छ।
सूत्र अनुसार, तीन दिनपूर्व एनजेपी रेलवे स्टेशनको यार्डमा सफा गर्नको लागि एउटा ट्रेन राखिएको थियो। आरोप छ, यस अवधि नयन बर्मनले नाबालिकलाई फकाई-फुस्लाई ट्रेनभित्र लगेर उसित बलजफ्ती दुष्कर्म गऱ्यो। पछि पीड़ित परिवारको पक्षबाट एनजेपी जीआरपी थानामा आरोपी विरूद्ध लिखित सिकायत दर्ता गरियो। घटनापछि जीआरपी र स्पेशल अपरेशन ग्रुप (एसओजी) सेलले तत्काल जाँच शुरू गऱ्यो। यस अवधि जाँच टीमलाई थाहा लाग्यो कि भगौड़ा आरोपी हैदराबादमा छ। यसै खबरको आधारमा संयुक्त विशेष जाँच टीम हैदराबाद गयो। आरोपीलाई पक्राउ गरेपछि शुक्रवार बिहान हैदराबादबाट सिलगढ़ी आइपुग्यो। आरोपी नाबालिकको बुवाको साथी रहेको बताइएको छ। विशेष जाँच टीमले अग्रिम कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा