कोलकाता, 30 मई (हि. स.)। सरकारी स्कूलहरूमा सहायक शिक्षकहरूको नियुक्तिलाई लिएर पश्चिम बंगाल स्कूल सेवा आयोग (एसएससी)-ले गए बिहीवार अबेर राती भर्ती अधिसूचना जारी गऱ्यो।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले हालैमा नवान्नमा पत्रकारहरूलाई बताएकी थिइन्, सर्वोच्च न्यायालयले राज्य सरकारलाई 31 मईदेखि पहिलो शिक्षक भर्तीको लागि अधिसूचना जारी गर्ने निर्देश दिएको छ। मुख्यमन्त्रीले पहिला नै घोषणा गरेकी थिइन्, 30 मईमा यो अधिसूचनना प्रकाशित गरिनेछ र सोही अनुरूप एसएससीले यस अधिसूचनालाई जारी गऱ्यो।
यो नियुक्ति अधिसूचना राज्यका सरकारी स्कूलहरूमा नवौं-दशौंं अनि एघारौ-बाह्रौं कक्षाको लागि सहायक शिक्षकहरू भर्ती गर्ने उद्देश्यले जारी गरिएको छ।
आवेदनको प्रक्रिया एवं समयसीमा-
एसएससीको अधिसूचना अनुसार इच्छुक उम्मेद्वारहरूले 16 जूनदेखि अनलाइन आवेदन गर्न सक्नेछन्। आवेदन गर्ने अन्तिम तिथि आगामी 14 जुलाईसम्म निर्धारण गरिएको छ। परीक्षा शुल्क पनि 14 जुलाईको राती 12 बजेसम्ममा जमा गर्नुपर्नेछ।
परीक्षा तथा चयन प्रक्रियाको सम्भावित शेड्यूल-
लिखित परीक्षा आगामी सेप्टेम्बर महिनाको पहिलो सप्ताहमा आयोजना हुनसक्छ। यसको परिणाम आगामी अक्टोबरको चौथो सप्ताहमा घोषणा हुने सम्भावना छ। यसरी नै इन्टरभ्युको प्रक्रिया आगामी नोभेम्बरको पहिलो सप्ताहदेखि शुरू भएर तेस्रो सप्ताहसम्म चल्नेछ।
प्यानल औ नियुक्तिसि सम्बन्धित तिथि-
चयनित उम्मेद्वारहरूको सूची अर्थात प्यानल आगामी 24 नोम्बर महिनामा प्रकाशित गरिनेछ। त्यसपछि 29 नोभेम्बरमा काउन्सिलिंग अनि नियुक्तिसित सम्बन्धित प्रस्तावहरूको घोषणा हुनसक्छ।
एसएससीद्वारा जारी गरिएको यस अधिसूचनाबाट राज्यका हजारौं उम्मेद्वारहरूले राहत पाएका छन् जसले लामो समयदेखिकै शिक्षक भर्तीको प्रतिक्षा गरिरहेका थिए।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा