कोलकाता, 30 मई (हि.स.) । एसएससी नियुक्ति घोटालाको विरोधमा आन्दोलन गरिरहेका नोकरीबाट वञ्चित शिक्षकहरूलाई शुक्रवार कोलकाता पुलिसले त्यसबेला हिरासतमा लियो जतिबेला उनीहरूले सियालदहदेखि नवान्नसम्म अर्धनग्न भएर मार्च गर्ने योजना बनाएका थिए। मार्च शुरू हुन अगावै सियालदहमा ठूलो संख्यामा तैनाथ पुलिसले माइकिंग गरेर स्पष्ट पाऱ्यो, कुनै पनि प्रकारको भीड़लाई अनुमति दिइएको छैन साथै कानून उल्लंघ गरिए कड़ा कारबाही गरिनेछ।
पुलिसले एकपछि अर्को गर्दै शिक्षकहरूलाई प्रिजन भ्यानमा खाद्न शुरू गऱ्यो अनि मार्च शुरू हुन अगावै त्यसलाई विफल बनाइदियो। आन्दोलनकारीहरूले आरोप लगाए, यो कारबाही शान्तिवूर्ण विरोधको अधिकारलाई कुल्चिने प्रयास हो।
आन्दोलनकारी शिक्षकहरूले मार्चलाई रोकेको प्रतिक्रिया स्वरूप आज नै डोरिना क्रसिंगमा सड़क जाम गर्ने घोषणा गरे। यसको सुइँको लाग्नसाथ धर्मतला क्षेत्रमा पहिलाबाटै उपस्थित पुलिसले त्यहाँ भेला भइरहेका प्रदर्शनकारीहरूलाई पनि हिरासतमा लिन शुरू गऱ्यो। पुलिसमाथि कड़ा व्यवहार गरिएको आरोप लगाउँदै शिक्षिका शुभ्रा घोषले भनिन्, उनीहरूलाई बलजफ्ती तानेर लड़ाइदियो जसले गर्दा उनको खुट्टामा चोट लागेको छ। तथापि शुरूमा तिनी अस्पताल जाने पक्षमा नभए पनि बलजफ्ती एम्बुलेन्समा खाँदेर मेडिकल कलेजमा लगियो।
कोलकाता पुलिसकी डीसी सेन्ट्रल इन्दिरा मुखर्जीले भनिन्, डोरिना क्रसिंग र केसी दास अगाड़ीको क्षेत्र अत्यन्त संवेदनशील छ। यहाँ कुनै पनि प्रकारको जुलूस गर्ने पूर्व जानकारी वा पूर्व अनुमति थिएन। अचानक भीड़ भेला हुनथाल्यो, त्यसैले हामीले कानून अनुसार कारबाही गऱ्यौं। उनले बताइन्, डोरिनि क्रसिंगबाट लगभग 50 जना मानिसहरूलाई हिरासतमा लिइएको छ जसलाई विभिन्न थानाहरूमा पठाइएको छ। एकजना मानिसको खुट्टामा चोट लागेको छ जसलाई मेडिकल कलेजमा पठाइएको छ।
आजको कारबाहीबाट शिक्षकहरूको प्रदर्शन बाधित भए पनि आन्दोलनकारीहरूले स्पष्ट पारेका छन्, उनीहरू पछि हट्नेवाला छैन। उनीहरूले भने, यो त शुरूआत मात्र हो। हामीले न्याय नपाउञ्जेलसम्म हाम्रो संघर्षलाई जारी राख्नेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा