कोलकाता, 30 मई (हि. स.)। पश्चिम बंगाल स्कूल सेवा आयोग (डब्ल्यूबीएसएससी)-ले राज्य सरकारद्वारा संचालित माध्यमिक तथा उच्च माध्यमिक स्कूलहरूमा शिक्षकहरूको नयाँ भर्ती प्रक्रिया शुरू गर्ने घोषणा गर्दै यसपालि ओएमआर शीट्स (अप्टिकल मार्क रिकग्निशन शीट्स)-को संरक्षण एवं त्यसको स्क्यान गरिएको प्रतिहरूलाई लामो समयसम्म सम्हालेर राख्नेमाथि विशेष बल दिएको छ।
आयोगले गए बिहीवार राति नयाँ भर्तीसित सम्बन्धित अधिसूचना जारी गऱ्यो जसमा बताइएको छ, यसपालि लिखित परीक्षा आगामी सेप्टेम्बर महिनाको पहिलो सप्ताहमा आयोजना गरिनेछ। भर्ती प्रक्रियामा उपयोग गरिने ओएमआर शीट्सको हार्ड कपीलाई न्यूनतम दुई वर्षसम्म संरक्षण गरेर राखिनेछ। पहिला यसलाई एक वर्षसम्म मात्र सुरक्षित राखिन्थ्यो जस्तो कि वर्ष 2016-को भर्ती प्रक्रियामा गरिएको थियो।
स्मरण गराइन्छ, हालैमा सर्वोच्च न्यायालयद्वारा वर्ष 2016- को सम्पूर्ण भर्तीलाई रद्द गरिएको कारणले आयोगका पछिल्लो कमजोरीहरूलाई लिएर प्रश्न उठेको छ। अब ओएमआर शीट्सको स्क्यान गरिएको प्रति वा मिरर ईमेजलाई पनि डब्ल्यूबीएसएससीको सर्भरमा न्यूनतम दश वर्षसम्म राखिनेछ।
तथापि नयाँ भर्तीको प्यानल पहिलाको जस्तै एक वर्षको लागि मान्य रहनेछ। आयोगले यो अधिकार आफूसित राकेको छ, आवश्यकता परे आयोगले यस प्यानलको वैधतालाई अतिरिक्त छः महिनासम्मको लागि बढ़ाउन सक्छ।
राज्य शिक्षा विभागका एकजना अधिकारी अनुसार ओएमआर शीट्सको संरक्षणलाई लिएर यसपालि विशेष ध्यान यस कारणले दिइएको छ किनभने वर्ष 2016-मा भएको भर्तीमा 25 हजार 753 शिक्षण एवं अशिक्षण पदहरूको चयन प्रक्रियामा व्याप्त अनियमितताको मामिलामा कलकत्ता हाई उच्च न्यायालय र सर्वोच्च न्यायालयमा सुनवाई भयो। यस अवधि आयोगले ओएमआर शीट्सलाई सही ढंगमा संरक्षण गरेर नराखेको कुरा बाहिरियो।
यस्तै लापरवाहीको कारणले को उम्मेद्वार वास्तविक थिए र को गलत ढंगमा चयन भएका थिए त्यो खुट्याउन कठिन भएको थियो। त्यसैले पहिला उच्च अदालत र पछि सर्वोच्च अदालतले वर्ष 2016-को सम्पूर्ण भर्ती प्रक्रियालाई नै रद्द गरिदियो।
अब आयोगले यस पालि भर्ती प्रक्रियालाई अधिक पारदर्शी र उत्तरदायी बनाउनको लागि केही संचरनात्मक परिवर्तन गरेको छ ताकि भविष्यमा यस्तो कुनै कानूनी बाधा उत्पन्न नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा