उत्तर सिक्किममा विकसित कृषि संकल्प अभियान जारी
उत्तर सिक्किममा विकसित कृषि संकल्प अभियान जारी


मंगन, 30 मई (हि.स.)। विकसित कृषि संकल्प अभियानको दोस्रो दिन मंगन जिल्लाको सिङगिक ग्राम पञ्चायत यूनिटमा सफलतापूर्वक सम्पन्न भयो। मंगन जिल्लाको कृषि विज्ञान केन्द्र र लाइन विभागको संयुक्त पहलमा कृषि विकासलाई बढावा दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो।

यस अभियानको निम्ति दुईवटा टोली गठन गरिएको थियो, जसमा एउटा टोलीले पाक्सेप र काजोरमा कार्यक्रम आयोजन गऱ्यो भने दोस्रो टोलीले सिङगिक र सेन्ताम गाउँमा विकसित कृषि संकल्प अभियानबारे कार्यक्रम आयोजन गऱ्यो। टोलीमा आईसीएआरका वैज्ञानिकहरू, कृषि एवम् वागवाणी विभाग, मतस्यपालन, प्रगतिशिल कृषकका सदस्यहरू लगायत विभिन्न विभागका अधिकारीहरू सामेल रहेका थिए।

यस अभियान अन्तर्गत किसानहरूका लागि तयार पारिएका सरकारी योजनाहरूबारे सचेत गराइयो। यस अतिरिक्त, किसान-वैज्ञानिक अन्तरक्रिया, ज्ञान आदानप्रदान र जमिन-स्तरका मुद्दाहरूको समाधान, माटो र यसको स्वास्थ्य व्यवस्थापनको महत्त्व, कृषि निवेश र माटो स्वास्थ्य कार्डहरूको वितरण, लगायत अन्य गतिविधिहरू सम्पन्न गरियो।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande