नयाँ दिल्ली, 30 मई (हि.स.)। बाहिरी दिल्लीको रनहाैला क्षेत्रमा वर्ष 2023-मा आफ्नै आमाको हत्या गरेर भागेकी एकजना महिला आरोपीलाई दिल्ली पुलिसको क्राइम ब्राञ्चले 17 महिनापछि पक्राउ गरेको छ। महिलाको उमेर 46 वर्ष रहेको छ।
क्राइम ब्राञ्चका डीसीपी हर्ष इन्दौराले शुक्रवार बताए, 30 दिसम्बर, 2023 -मा रनहौला निवासी 70 वर्षीय बुजुर्ग महिलाको गला रेटेर हत्या गरिएको थियो। जाँचमा सामु आएको छ, उनका दुईजना छोरीहरूले लिएर यस घटनालाई परिणाम दिएका थिए। घटना घटेको बिहान लगभग साढ़े पाँच बजे मृतकाकी बुहारी दुध लिन खेतमा अवस्थित कोठामा गएकी थिई जहाँ उसले भुकभुके उज्यालोमा आफ्नी सासुको रगतपच्छे शव देखिन्। मामिलाको सूचना पुलिसलाई दिइयो। जाँचपछि थाहा लाग्यो कि छोरीहरूले आमाको हत्या गरेका थिए। स्थानीय पुलिसले मुद्दा दर्ता गरी एकजना छोरीलाई पक्राउ गऱ्यो भने अर्को छोरी भागेकी थिई।
डीसीपी अनुसार मामिलाको जाँचको जिम्मा क्राइम ब्राञ्चलाई सुम्पिइएको थियो। यसबीच जाँच टीमलाई आरोपी महिला नजफगढ़ क्षेत्रमा रहेको सूचना प्राप्त भयो। त्यसपछि पुलिसले महिलालाई त्यहीँबाट पक्राउ गऱ्यो।जाँचबुझमा आरोपी महिलाले बताई, सम्पत्तिको कारणले यी सबै भएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा