उत्तर सिक्किममा पर्यटकहरूको वाहन दुर्घटनाग्रस्त, खोज एवं उद्धार कार्य जारी
उत्तर सिक्किममा पर्यटकहरूको वाहन दुर्घटनाग्रस्त


गान्तोक, 30 मई (हि.स.)। उत्तर सिक्किममा बिहिवार अबेर राति ठूलो दुर्घटना भएको छ। पर्यटकहरू यात्रा गरिरहेको एउटा ट्याक्सी वाहन टिस्टा नदीमा झरेको छ। वाहनमा चालकसहित 11 जना थिए। दुई जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको छ भने अन्य बेपत्ता छन्।

उत्तर सिक्किमको चुङथाङ मुन्शिथाङ मार्गमा हिजो अबेर राति पर्यटकहरू यात्रा गरिरहेको एउटा ट्याक्सी वाहन दुर्घटनामा परेर सड़क मार्गदेखि लगभग एक हजार फुट तल टिस्टा नदीमा झऱ्यो। वाहनमा चालकसहित 11 जना थिए। दुर्घटनाको खबर पाउनसाथ उद्धार कार्य शुरू गरियो।

जानकारी अनुसार, स्थानीय प्रशासन, सिक्किम पुलिस, भारतीय सेना, आईटीबीपी र स्थानीय मानिसहरूद्वारा खोज एवं उद्धार कार्य शुरू गरियो। प्रारम्भिक जानकारी अनुसार, दुर्घटना स्थलबाट दुई जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको छ। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ। अन्य यात्रीहरूको खोज चलिरहेको छ।

विकट ठाउॅंमा दुर्घटना भएकाले खोज एवं उद्धार कार्यमा वाधा उत्पन्न भइरहेको बताइएको छ। दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन भने यात्रीहरूको पहिचान पनि हुन सकेको छैन। खोज एवं उद्धार कार्य जारी रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande